९ दिनमा ९ लाख

482 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ । धादिङबेसीमा नौ दिनसम्म चलेको मेलामा कालो टोपी सबैको आँखाको तारो बन्यो । नेपाली पोशाक दिवस मनाउनु पर्छ भनेर प्रस्ताव अघि बढ्दे गर्दा भादगाउँले टोपीमाथी क्रस खुकुरी, नेपालको नक्सा, सगरमाथा र नेपालको झण्डा मेलामा आउने अधिकांशले शीरमा सजाए । मेलामा एउटै मात्र स्टलमा राखिएको भादगाउँले टोपीले ९ लाख बराबरको कारोबार गरेको छ  ।  नेपाली पोशाकको प्रोमोड गरी भावी पुस्तासम्म पुर्याउने उदेश्यले काभ्रेको श्रद्धावान नेपालले बुक गरेको स्टलबाट चार हजार भन्दा बढि भादगाउँले टोपी विक्रि भएको सस्थाका कार्यक्रम निर्देशक श्याम बजगाइले बताए । हामीले विक्रि गर्ने भन्दा पनि नेपाली पोशाकको प्रोमोड गर्ने उद्देश्यले टोपी, झण्डा र दौरा प्रदर्शनमा राखेका हो, टोपी किन्नेहरुको घुइचो नै लाग्यो । बजगाइले भने, टोपी किन्नेहरुमा धेरैजसो युवाहरु रहेका छन् । टोपी किन्नेमध्य १० प्रतिशत टिनेजका किशोर किसोरीहरु रहेका छन् । महिलाहरुले पनि श्रीमान वा छोराको लागि भन्दै टोपी किनेर लगेको चिअर नेपाल काभ्रेका अध्यक्ष सन्तोष दाहालले बताए । कुर्ता सल्वाल लगाएर आउनेहरुले समेत क्रस खुकुरी हालेको टोपी लगाए ।
बजारमा आधुनिक र नयाँ नयाँ फेसनका कपडाहरु आइरहँदा युवायूवतीले टोपी किनेर फेसनको रुपमा लगाएका हुन् । मेलामा यूवादेखि बृद्धहरुको समेत टोलीको माग बढेपछि सुरुमा ल्याएको टोपीले नपुगेर ३ पटक ल्याउनुपर्यो, बजगाइले भने– टोपी, झण्डा र दौरा सुरुवालबाट ९ दिनमा नौलाखको बारोबार भएको छ । तीन लाख बराबरको नाफा बस्ने उनले बताए । यसै वर्षदेखि पौष १७ गतेलाई प्रस्तावित नेपाली पोशाक दिवसको रुपमा मनाउन थालिएको छ ।  टोपी विक्रिबाट भएको रकमबाट श्रद्धावान नेपालले काभ्रेमा सुरु गरेको अनाथ तथा असाहाय अक्षय कोषमा जम्मा गरिने निर्देशक बजगाइले जानकारी दिए । श्रद्धावान नेपालले मृगौला रोगीलाई सहयोग जुटाउन साङ्गीतिक यात्रा सहित नेपाल भ्रमण गरिरहेको पनि उनले जानकारी दिए ।

कमान्डर पोस्ट दैनिकबाट