अन्तराष्ट्रिय युवा दिवसको सन्दर्भमा युवाहरुको अन्तरक्रिया

663 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङवेसी । अन्तराष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर धादिङ आवासीय उच्च माध्यमिक विद्यालयमा ‘युवाका लागि युवा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भाद्र १ गते शनिबार अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर धादिङ आवासीय उच्च माध्यमिकद्यिालयले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको विद्यालय स्रोतले जानकारी दिएको छ ।
जिल्ला सदरमुकाम आसपासमा रहेका विभिन्न विद्यालयका विषय विशेषज्ञ शिक्षक हरुको समेत उपस्थिति रहेको कार्यक्रममा युवाहरु को हुन् ? उनीहरु के चाहन्छन् ? युवा शक्ति के हो र युवाहरुको समस्य समाधानका लागि गर्न सकिने उपायहरु के–के हुन् भन्ने जस्ता विषयबस्तुहरुको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा सुनगाभा ऐकेडेमीका प्रिन्सिपल देवी अधिकारी, किवो वोर्डिङका प्रिन्सिपल रामप्रसाद अधिकारी, धादिङ आवायीय उच्च माध्यमिक विद्यालयका शिक्षक प्रकाश पौडेल, मोदनाथ कोईराला, युवा संजाल धादिङका उपाध्यक्ष अमृत अधिकारी लगायतले युवाहरुलाई प्रशिक्षित पार्नूभएको थियो ।
कार्यक्रममा ३० जना भन्दा वढी यूवााहरुको सहभागीता रहेको थियो ।
दिनप्रतिदिन युवाहरुमा समस्या थपिँदै गईरहेको बेला एउटा विद्यालयको आयोजनामा समसामयिक विषयमा छलफल गर्न पाउँदा आफू निकै नै हर्षित भएको एक सहभागीले बताए । युवाहरुमा नैराश्यता बढ्दै गईरहेको छ यस्तो बेला सबैमा एउटा उत्साह पैदा गर्न पनि फोरम चलाएर जानुपर्छ धादिङ आवासीय उच्च माध्यमिक विद्यालयबाट सकारात्मक सुरुवात भएको छ उनको भनाई थियो ।
देशको राजनीतिक संगै अरु धेरै विषयहरुमा भएका परिवर्तनदेखी स्थानीय सामाजिक संघ संस्थाका जीवनमा नै युवाहरुले निकै नै धेरै सुधार गरेर जान सक्ने भन्दै उनले युवाहरुको चेतनामा सकारात्मक सोंच पैदा गर्न सके मात्रै देश विकास सम्भव रहेको समेत बताएका थिए । सहर बजारमा दिनप्रतिदिन हत्या हिंसा तथा विभिन्न प्रकारका जघन्य अपराधहरु भईरहेको सुन्नमा आउनु आम युवाहरुका लागि दुःखद् रहेको समेत उनको गुनासो थियो ।
राजनीतिक पार्टीका नेतादेखी समाजसेवी या अरु विभिन्न क्षेत्रहरुबाट समेत युवपाहरु परिचालित हुने गरेको तर्क राखेका अर्को एक सदस्यले भने कतिपय युवाहरु विग्रन जानुको मुख्य कारण युवाहरुमा सामुहिक छलफलको अभाव रहेको समेत बताएका थिए धादिङबाट प्रकाशित हुने  प्रत्युश दैनिकले आफ्नो खबरमा जनाएको छ ।