जनमत बटुल्न राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङमा चुनावी अभियानमा

759 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङवेसी । सरकारले संविधान सभाको निर्वाचन मंसिर ४ गतेको लागी तोकेपछि राजनैतिक दलहरु आफ्नो पक्षमा जनमत बटुल्नको लागी गाउँ–गाउँ जाने अभियानलाई तिब्रताका साथ अगाडि बढाईरहेका छन् । एकीकृत नेकपा माओवादीले सञ्चालन गरेको एक महिने जनसम्बन्ध अभियान सकिए लगत्तै धादिङमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चुनावी अभियान गर्ने जनाएको छ ।
विघठित संविधानसभाको निर्वाचन सम्पन्न भए यता नै कुनै दलका नेताहरु गाउँ नगएको जन गुनासाहरु आईरहेको बेला दोस्रो संविधानसभा निर्वाचनको ऐजेण्डा लिएर नेताहरु गाउँ जान लागेका हुन् । अघिपछि गाउँ नजाने, सुख, सयलमा रमाउने मनोगत ढंगले चलेको भनेर जनगुनासाहरु आईरहेको बेला नेताहरु नयाँ संविधानसभाको चुनावको माह्वौल बनाउँदै गाउँतिर स्थानीय जनता समेत आश्चर्यमा पर्न थालेका छन् ।
विगत संविधानसभामा स्थापित भएका ठूलो या सानो सबै दलहरु नयाँ निर्वाचनको माह्वौल बनाउँदै गाउँ जानुले एक त निर्वाचन हुने र संविधान बनाउने कुरामा दलहरुले थोरै भए पनि चासो दिएको भान जनतामा पर्न गएको छ भने, कतिपयलाई जुन जोगि आए पनि कानै चिरेको उक्तिले छोडेको पछि छैन ।
धादिङमा केही समय आफ्नो राम्रो उपस्थिति देखाउन सफल राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूहरु लोकतान्त्रिक विधि र मान्यतामा आधारित रहेर नयाँ संविधानसभा निर्वाचनमा भाग लिने भन्दै घोषणा र्गै आएको पनि छ र उसले अभियान नै संचालन गरेर पार्टी नेता कार्यकर्ता भेटघाटदेखी पार्टी सुदृढिकरण तथा जनतासंगको भेटघाट तिव्र बनाउँदै लैजाने निर्णय समेत गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार धादिङबेशीमा एक कार्यक्रमको आयोजना गरी चुनावी अभियानलाई तिब्रता दिने निणर्य गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङ निर्वाचन क्षेत्र न. १ को आयोजनमा सम्पन्न भएको भेला तथा प्रशिक्षण कार्यक्रममा चुनावी अभियान सुरु गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा पुर्व गृहमन्त्री बुद्धिमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा केन्द्रिय सदस्य एवम्र पुर्व जलस्रोत मन्त्री ठाकुरप्रसाद शर्मा लगायत पार्टी नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
भेलाले चुनावी अभियानलाई सफल बनाउको लागी ईलाका संयोजकहरु पनि चयन गरेको छ । जिल्लाको ५० वटै गाविसमा जनताहरुको घरदैलोमा गएर जनतासँग अन्तरक्रिया गर्ने राष्ट्रिय प्रजातन्त्र धादिङले जानकारी दिएको छ ।