मेक्सिकोको जितमा हेरेराको लोभलाग्दो सेलिब्रेसन

788 पटक पढिएको

सम्पादक: Dhadingnews.com

Miguel-Herrera-1क्रोएसियाविरुद्ध १० मिनेटमा तीन गोल गर्दै मेक्सिको विश्वकप फुटबलको नकआउट चरणमा पुग्दा सबैभन्दा खुसी प्रशिक्षक मिगुइल हेरेरा देखिए । उनले यो दिनलाई जीवनकै एक राम्रो दिनको संज्ञा दिएका छन् ।
मेक्सिकोलाई अघिल्लो चरण प्रवेशका लागि कम्तिमा बराबरी चाहिएको थियो । खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रहे पनि दुबै टोलीबाट गोल हुन सकेन ।
तर, दोस्रो हाफमा मेक्सिको खेलमा फर्कियो । ६९ औं मिनेटमा क्रोएसियाका रिवेकले पाएको रातो कार्डको फाइदा उठाउँदै उसले १० मिनेटभित्र तीन गोल गर्‍यो । ७२ औं मिनेटमा राफेल मारक्वेजले खाता खोले । ७५ औं मिनेटमा गुआरडाडोले गोल गरे भने ८२ औं मिनेटमा हर्नान्डेजले गोल गरे ।
क्रोएसियाका लागि ८७ औं मिनेटमा इभान पेरिसिसले गोल गरेपनि निकै ढिला भइसकेको थियो र सान्त्वना गोलमा मात्र परिणत भयो ।
मेक्सिकोको हरेक गोलमा खेलाडीहरुको भन्दा प्रशिक्षक हेरेराले सेलिब्रेसन लोभलाग्दो थियो । खेल खेल सकियो, हेरेरा र गोलरक्षक ओचाहाले गज्जबले खुसी मनाए ।
ब्राजिल विश्वकपमा मेक्सिकोले चार गोल गरेको छ र एक गोल मात्र आएको छ । घरेलु टोली ब्राजिललाई बराबरीमा रोक्दा गोलकिपर ओचाहा नायक बनेका थिए ।
-onlinekhabar