नेपालले चौथो खेल पनि खेल्न पाएन, खेलाडीहरु निराश 

540 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 श्रीलङका- नेपालले हङकङसंग खेल्ने भनिएको ५० ओभरको एक दिवसीय खेल पनि रद्द भएको छ । श्रीलङकाको कोलम्बोस्थित सैनिक मैदानमा आजका लागि खेल तय गरिएको थियो, तर बर्षाका कारण पिच गिलो भएपछि खेल खेल्न नसकिने भन्दै रद्ध गरिएको हो । यसअघि नेपालले हङकङसंगै खेल्ने भनिएको ३ वटा टि ट्वाटी खेल पनि बर्षाकै कारण रद्ध भएको थियो । नेपालको अर्को टि ट्वाण्टी खेल हङकङसंगै पर्सी सोमबारका लागि तय गरिएको छ । पुर्व निर्धारित खेल खेल्न नपाउदा नेपाली खेलाडीहरु निराश भएका छन् । डिभिजन टु को तयारीका लागि श्रीलङका पुगेको टोलीले विभिन्न देशहरुसंग खेल्दै अनुभव बटुल्ने योजनामा छ । तर बर्षाले खेलहरु स्थगित हुदा नेपाली खेलाडीले अन्य देशका खेलाडी, खेल रणनिति र खेल मैदानको स्थित बुझ्नबाट बञ्चित भईरहेका छन् ।