धादिङमा दुई हजार चार सय ७३ उत्तिर्ण

675 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी
धादिङ,२८ जेठ (धादिङन्युज )यस बर्षको प्रवेशिका परिक्षामा धादिङ जिल्लाका  दुई हजार चार सय ७३ जना परिक्षार्थी उत्तिर्ण भएका छन । परिक्षा नियन्त्रण कार्यालयले वेभसाईट मार्फत सार्वजनिक गरेको नतिजा तथ्याङका आधारमा जिल्लाले ४५.०९ प्रतिशत बिद्यार्थी उत्तिर्ण गराउन  सफल भएको जिल्ला शिक्षा कार्यालय धादिङले जनाएको छ । गत बर्ष जिल्लाको उत्तिर्ण दर ६३ प्रतिशत रहेकोमा यो बर्ष भने राष्ट्रियस्तरमा उत्तिर्ण दर कम भएकाले धादिङमा पनि कम हुन पुगेको कार्यालयले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालयका परिक्षा शाखाका प्रमुख दिपेश सिलवालका अनुसार जिल्लाका एक सय २७ जना बिशिष्ठ श्रेणीमा,आठ सय १८ जना प्रथम श्रेणीमा, एक हजार चार सय ३९ जना द्धित्तीय श्रेणीमा र ८९ जना तृत्तिय श्रेणीमा उत्तिर्ण भएका छन ।
जिल्लाभरीका एक सय ३९ वटा माध्यमिक बिद्यालयका पांच हजार चार सय ८४ जना परिक्षामा सहभागि भएका छन । यसै बिच धादिङको बैरेनीमा रहेको दि राईजिङ भिलेज आवासीय उच्च माविका रविन थापाले जिल्लामा सबैभन्दा धेरै ७३० प्राप्ताङक ल्याई ९१.२५ प्रतिशत प्राप्त गरेको दावी गरेको छ । राईजिङ भिलेजवाट २१ जनाले परिक्षा दिएकोमा ६  जना बिशिष्ठ श्रेणीमा र १५जना प्रथम श्रेणीमा उत्तिर्ण भएको बिद्यालयका प्रिन्सिपल नवराज ओझाले वताएका छन । ओझाले आफ्नो बिद्यार्थी जिल्लाकै प्रथम भएको दावी गरेका छन ।