दुर्घटनामा एकको मृत्यु, दुई घाइते

419 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

हेटौँडा (मकवानपुर), १६ असोज । मकवानपुरको भीमफेदी–८ जुरीखेतमा  बा ३ ख ५०४ नंको यात्रुबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी चित्लाङ–६ का ३३ वर्षीय रामशरण विकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुईजना यात्रु घाइते भएका छन् । घाइते कुलेखानी–६ की गङ्गामाया थापा र हेटौँडा उपमहानगरपालिका–२ का ३० वर्षिय रवि थापामगरको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

चित्लाङबाट हेटौँडा आउँदै गरेको उक्त बस जुरीखेतको ओरालोमा ब्रेकफेल भएर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस