दार्जिलिङको नेपाली भाषी र गोर्खाल्याण्ड आन्दोलन-एक सन्दर्भ

2267 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

19225925_10212022656138356_2163203689153493176_n

पृष्ठभूमिः
               अहिले दार्जिालिङमा नेपाली भाषिक आन्दोलन चर्कदै छ । वेष्ट बंगालका मुख्यमन्त्री ममता बेनार्जीले स्कुलमा बंगाली भाषा अनिवार्य लागु गरेदेखि नेपाली भाषीहरुले आन्दोलन अगाडी बढाएका हुन । अहिलेको ताजा माग नेपाली भाषा भएतापनि मुख्य माग भारतमा छु्टटै गोर्खाल्याण्ड राज्यको माग हो । दार्जिलिङ तथा यसको वरिपरि बसोबास गर्ने नेपाली मूलको भारतीय गोर्खेहरुको माग हो गोर्खाल्याण्ड राज्य । दार्जिलिङ भारतको पश्चिम बंगाल राज्य अन्तर्गत पर्दछ । बंगाल राज्यमा बंगाली भाषा र संस्कार प्रचलित छ तर दार्जिलिङवासीहरु यो बंगाली भाषा र संस्कार भन्दा फरक भाषा र संस्कार भएको त्यहाँको मूल आदिवासीहरु हुन । सन् १९८६ मा गोर्खा नेशनल लिब।रेसन फ्रन्टलेशुरु गरेको यस गोखाल्याण्ड आन्दोलन अहिले सन् २००७ देखि गोर्खा जनमुक्ति मोर्चाले नेतृत्व गरिरहेको छ ।

              सन् १९८६ मा पहिले पटक पूर्व सैनिक तथा साहित्यकार सुवास घिसिङको नेतृत्वमा यो गोर्खाल्याण्ड आन्दोलन सुरु भएको थियो । गोर्खाल्याण्ड आन्दोलन शुरुवातमा एकजना निर्दाेस दाजिलिङवासीको सिआरपीद्धारा हत्य भएपछि आन्दोलनकारीहरु शवयात्रामा सामेल भए, शवयात्रामा सिआरपी र तत्कालीन मख्यमन्त्री ज्योती बसु बिरुद्ध नाराबाजी लगाए, शवयात्रामै पुलिसको आक्रमण भयो र आन्दोलनले उग्र रुप लियो । दार्जिलिङ सिलिगुडी र डुवार्ससम्म भएको यो आन्दोलनमा १२०० भन्दा बढीले ज्यान गुमाए । र अन्तमा १९८८ मा बंगालका मुख्यमन्त्री ज्योति बसु र आन्दोलनकारीविच “दार्जिलिङ गोर्खा हिल काउन्सील” नामक एक स्वतन्त्र विभाग बनाउनेमा सहमती भयो । यस पश्चात सुवास घिसिङलाई दिल्लीमा गएर दार्जिलिङ बिक्री ग्।रे भन्ने आरोप लाग्यो । सन् १९८८ देखी २००८ सम्म सुवास घिसिङले काउन्सीलको नेतृत्व ग¥यो । तर यसले बंगालबाट छुट्टै गार्खाल्यान्ड राज्य निर्माणमा कुनै ठोस कार्य गर्न सकेन । र २००८ मा योकाउन्सील भंग भयो । सन् २००७ मा बिमल गुरुङको नेतृत्वमा गोर्खा जनमुक्ति मोर्चाको गठन भयो र फेरी गोर्खाल्यन्डको आन्दोलन चर्कीयो ।

              भूपू सेनाहरुले शुरु गरेको यो गोर्खाल्याण्ड आन्दोलन अब साधारण जनतासम्म आइपुगेको थियो । सन् २०१० मा अखिल भारतिय गोर्खा लिगका अध्यक्ष मदन तामाङको हत्या पछि आन्दोलनले नयाँ मोड लियो । पश्चिम वंगाल सरकारले आन्दोलनकारीलाई कडाईका साथ कार्वाही गर्न थाले । गोर्खा मुक्ति मोर्चामा लाग्नेहरु सबैको नाममा एफआइआर मुद्दा दर्ता गर्‍यो र आन्दोलनलाई दबाउने प्रयास गर्‍यो । त्यस पछि सन् २०११ मा राज्य सरकार र आन्दोलनकारीविच अर्ध–स्वायत्त प्रशासनिक निकाय “गोर्खाल्यान्ड टेरीटोरीयल एड्मिनिस्ट्रेसन (जिटिए)” गठन गर्ने सहमति भयो र आन्दोलन सेलाएको थियो । हाल आएर फेरि बंगाली भाषा थोपरिन खोज्दा  यो आन्दोलनले हिंसात्मक रुप लिन पुगेको छ ।

13-4

गोर्खा, गुर्खा, गोर्खाली अनि गोर्खाल्याण्डः
              गोर्खाल्याण्डका आन्दोलनकार्मीहरु गोर्खा जिल्लाबाट बसाई सरेर गएका पक्कै होइनन, न त हालको नेपाली गाउँपालिका र नगरलपालिकाबाट नै बसाई सरेर गएका हुन । ऐतिहासिक तथ्यले के देखाउछ भने उनीहरु त्यो स्थानको पूर्व बासिन्दा हुन र एक समय सन् १८८० ताका दार्जिलिङ र सिक्किमका भुभागहरु नेपालको गोर्खा शाहवंशीय राजा पृथ्वीनारायण शाहको राज्य विस्तारको क्रममा बृहत नेपालमा गाभिएका थिए । सिक्कीमे शासक छोग्यालको पालामा दार्जिलिङ सिलिगुरी लगायत सिक्कीमका धेरै भुभागहरु ग्रेटर नेपालमा गाभिएका थिए । भनिन्छ त्यसबेला नेपाल अधिराज्य पूर्वको टिस्टादेखि पश्चिमको काँकडासम्मा फैलिएको थियो जुन बृटिस सरकारसँगको सुगौली सन्धीमा नेपालले गुमाएका थियो । यो पनि भनिन्छ, जब इष्ट इण्डीया सरकारले भारत छोडे त्यसबेला दार्जिलिङ सिलिगुरी र सिक्किम नेपाललाई फिर्ता दिन चाहेका थिए, नेपालका तत्कालीन राणा शासकले ती भुभागमा बसोबास गर्ने नेपालीहरु शिक्षित र सचेत भएको हुँदा आफ्नो एकतन्त्रीय राणा शासनमा बाधा पुग्ने देखिएकोले ती भुभाग नेपालीमा गाभ्न इन्कर गरेका थिए ।

                   यस तथ्यलई केलाउँदा नेपालीहरुको गोर्खा अनि गोर्खाली र उत्तरपुर्वी भारतीयहरुको गुर्खा, गोर्खाली र गोर्खाल्याण्ड फरक हुन भन्ने बुझिन्छ । अहिले यो गोर्खा विस्तारित भएर, भारतीय गोर्खा, बेलायतको गोर्खा, ब्रुनाइको गोर्खा, सिंगापुर अनि हङकङको गोर्खा, बर्मिज गोर्खासम्मा देखिएका छन । तैपनि यो सबै गोर्खाको मर्म भनेको हिन्दु देवता गोरखानाथको कृपाले सहासी बनेका सेना वा लडाकु भन्ने नै जनाउँछ । “जय गोर्खाली जय गोरखाकाली” ।

                 नेपालीहरुले “म गोर्खाली” भन्दा ए यो गोर्खा जिल्लाको रहेछ भन्ने बुझिन्छ । भारतीयले म गोर्खाली भन्दा, गोर्खा रेजिमेन्टको रहेछ वा यसको सेनाको सन्तान रहेछ भन्ने बुझिन्छ । कुरा यत्ति हो ।

                भारतको सवालमा “गुर्खा र बहादुर” दुबै शब्द सम्मानित शब्द हो भन्ने लाग्दैन मलाई । भारतमा गुर्खा, बहादुर र कान्छाको एउटै अर्थ लाग्छ – सेवक । अब यहाँले बुझ्नु भयो होला । भारतीयहरुको सवालमा गुर्खा, बहादुर अनि कान्छा उनीहरुको दरबान हुन वा सेवक हुन, जुन कुनैपनि स्वाभिमानी नेपालीले स्वीकार्दैनन ।

              गोर्खाल्याण्ड आन्दोलन सुरु गरेका थिए नेता सुवास घिसिङले जो आफै एक पूर्व भारतीय गोर्खा सेना थिए । उसको बुझाईमा भनौ भारतीय गोर्खाली सेनाको बुझाईमा र भारतीय शासकको सेवकको बुझाई सेनाको बुझाईमा गोर्खाल्याण्ड सही लाग्यो र गोर्खाल्याण्ड आन्दोलन शुरु गरे । यसमा नेपाली गोर्खालीले टाउको दुखाउन पर्ने र जोरी खोज्न पर्ने कुनै तथ्य म देख्दिन । अर्काेकुरा, साँस्कृतिक धार्मिक अनि बसोबासको हिसाबले गोर्खाल्याण्ड होइन दार्जीलिङबासीले दार्जिलिङ वा दोर्जेलिङल्याण्डको माग गर्दा उचित हुन्थ्यो ।

दाार्जिलिङ अनि नेपालीहरुको सम्बन्धः
                  दार्जिलिङ शब्द मैले बाल्यकालदेखि नै सुन्दै आएको हो । मेरो काका जोक सुनाउनु हुन्थ्यो – “एकजना बंगालीले रेलको सिटमा बसेर खैनी माड्दै गरेको नेपालीलाई भनेछ – “खैनि बा” त्यो नेपाली तामाङ परेछ उसले पनि झट उत्तर दिएछ “दार्जिलिङ निबा” । बास्तवमा त्यो बांगालीले त्यो नेपालीसँग खैनी मागेको थियो । यो भयो भाषाको विविधता र यसको अर्थले जनजिवनमा पर्ने प्रभाव ।

               उतिबेलाको नेपालको राजा बिरेन्द्र दार्जिलिङमा पढेका थिए रे, अनि दरबारी र खानदानीहरु आफ्नो बालबालिकालाई पढाउन दार्जिलिङ पठाउछन्रे । ब्रिटिसकालमा स्थापित सेन्टमेरी सेन्टजोसेफ स्कुलमा पढ्नेहरु अन्तराष्ट्रिय स्तरको भन्ने भ्रम छ, जसले गर्दा अहिलेसम्म पनि धनिमानी र सुकिलाहरु आफ्ना बाबुनानीहरु दार्जिलिङ पढ्न लैजाने गर्दछन्।

                चालिस साल ताका मेरो गाउँका विद्यालयमा दार्जिलिङबाट आएका एक जोडीले पढाउने गर्थे म त्यातिबेला हाइस्कुल पढ्थे, आपाले मेरो अंग्रेजी राम्रो होस भनेर त्यो दार्जिलिङको मास्टरसंग टयुसन लगाइदिएको थियो । मलाई पढ्न भन्दा पनि उनीहरुले बोलेको नेपाली लवज अनौठो लाग्थ्यो र मिठो पनि । “अम्बो अन्त गोको की” । उनीहरु प्रय नेपालीमा अंग्रेजी मिसाएर बोल्थे मलाई रमाइलो लाग्थ्यो । पछि त्यो सरको भाइहरु अनि सालीहरु पनि आइपुगे जागीर खोज्ने क्रममा, मेरो गाउँमा । सरको भाइहरुले शहरको अरु नै बोर्डिङ स्कुलमा काम पाए । त्यसबेला देखि नै मलाई पनि दार्जिलिङको नेपाली भाषा बोल्ने रहर जागेको हो “अन्त की लास्टमा” । त्यो सरको आपा आउनु भयो छोरालाई खोज्दै, म त्यो आखे बाजे नगएसम्मा दार्जिलिङ गोर्खाल्याण्ड आन्दोलनको कहानी बडो रुचिका साथ सुन्ने गर्थे, उहाँ पनि भारतीय सेनाको पेन्सनर हुनुहुन्थ्यो अनि दार्जिलिङले गोर्खाल्याण्ड पाउनेमा आशावादी हुनुहुन्थ्यो । भन्नुहुन्थ्यो – हामी सबै पूर्वसैनिक लागि परेका छौ, एकदिन गोर्खाल्याण्ड अवश्य प्राप्त हुन्छ ।

19366219_1694236083937546_16902356910220502_n

गोर्खाल्याड आन्दोलन अनि फेसबुकका मित्रहरु बिचको दोहोरीः
                      अहिले फेसबुकको वालमा एकदुई जना बिरामीको सहयोगको अपील छाडेर पुरै वालहरु भिडियो र कमेन्टको दोहोरी नै चलेको छ गोर्खाल्याण्ड आन्दोलन बारे । यद्यपी गोर्खाल्याण्डको नेतृत्व गरिरहेको नेतृत्व तह र नेपाल सरकारले यो गोर्खाल्याण्डबारे आधिकारिक केही बोलेका छैनन । यो अवस्थामा नेपाली र नेपालीभाषी दार्जिलिङका मित्रहरु बिच किन आरोप प्रत्यारोप ? यस्तो समर्थन वा विरोधले के अर्थ राख्छ हामीलाई ? आन्दोलनलाई के फाइदा पुग्छ? फेसबुकका सेलिब्रिटीहरुले पक्कै पनि आन्दोलनमा निर्णयक भुमिक राख्दै्रनन । यसको निर्णयक भूमिका भनेको त्यस क्षेत्रका राजनैतिक दल सरकार र छिमेकी राज्यका सरकार र आन्दोलनकारीको हुनेछ ।

                 नेपाली पक्षका मित्रहरुको भनाई छ गोर्खा नेपालमा पर्छ, नेपाली भाषा नेपालको हो, अब दार्जिलिङले गोर्खाल्याण्ड प्राप्त गरे भने हाम्रो लागि बुद्ध भारतमा जन्मेका हुन भने जस्तै तोड पर्छ वा गजे घलेको भिसीको हकदार दार्जिलिङवासीहरु हुन्छन, भन्ने रहेको छ जुन कल्पित मनगडन्त मात्र हो । यथार्त त्यो होइन, त्यस्तो केही पनि हुदैन ।

                दोहोरीको क्रममा उताकाले भनेका छन्नेपालीहरु अशिक्षित असभ्य ज्यामी काम गर्ने हामीलाई तिमीहरुको सहनुभुति चाहिँदैन । कुरा यो पनि ठीक होइन । पुर्व युवराज पारसको सुसुराली भारत हुन, मेरा गाउँका केही भाइहरुको ससुराली पनि भारत दार्जिलिङमा छन्, अब यस्तो घनिष्टता माझ दार्जिलिङको आन्दोलनमा नेपालीले ऐक्यबद्धता जनाउन पर्छ र यो मानवीय हिसाबले सामाजिक संवेदनाको हिसाबले जायज पनि हो ।

              गोर्खाल्याण्ड नामाकरणको सन्दर्भमा फेसबुकमा नैभेटेको – दार्जिलिङ, सिक्किम, गान्तोक वासीलाई भारतीय राज्यसरकारले गोर्खाली शरणार्थी भनेर अपहेलना गरेको हुँदा उनीहरुले त्यसको बदला लिनको लागि पनि दार्जिलिङ नराखेर गोर्खाल्याण्ड राखेका हुन ।

शब्दमा दार्जिलिङ अनि गोर्खाल्याण्ड र दोर्जेलिङः
                 अहिले दार्जिलिङ वा नयाँ पुस्तो डेजिङ ड्याच भने पनि दार्जिलिङको अर्थ हो “दोर्जेर लिङ” । दोर्जेलाई शक्तिको श्रोत मानिन्छ, दोर्जे ग्याडमबाट नै यो संसारको सृष्टि भएको बुद्धग्रन्थले व्याख्या गर्छ । “लिङ”को अर्थ भुमि हो । तामाङहरु काठमाडौं लाई “यम्बुलिङ” भनेर चिन्छन, यस्तै दोर्जेको उत्पत्ति स्थान दोर्जेलिङ । सांस्कृतिक अनि जातीय र धार्मिक हिसाबले राज्य माग्ने हो भने दार्जिलिङ वा दोर्जेलिङबासीहरुले “दोर्जिलिङल्याण्ड” नै माग गरेको भए यो सांस्कृतिक, धार्मिकसंग सम्बन्धित हुन्थ्यो भन्ने मेरो भनाई रहेको छ ।

                  भारतमा गोर्खा शब्द नेपाली जाति भन्ने बुझाउने शब्द हो । त्यही अनुरुप नै नेपालीहरुको सेना तयार भयो गोर्खा रेजिमेन्ट खडा भयो । यो तत्कालीन इष्ट इण्डीया कम्पनीमा काम गर्ने नेपालीहरु नै गोर्खाली हुन भारतीयहरुको आँखामा, अहिले आएर नेपालीहरु सबैलाई नै ए गोर्खे भनेर चिनाइन्छ । यो अर्थमा गोर्खाको अर्थ गुलाम भन्ने हुन्छ भारतीय नागरिकको सेवक भन्ने हुन्छ । गोर्खा–गुलाम । नेपालको सन्दर्भमा गोर्खाली भन्नाले गोरखा जिल्लाको वा विगतमा पृथ्वीनारायणको सेना र भारदारहरु भन्ने बुझिन्छ ।

आन्दोलनप्रति ऐक्यबद्धता:
                  तर्क सबैको अ–आफ्नो प्रकारको हुनपर्छ, तर हामी पहिचानवादीहरुले पश्चिम वंगाल राज्यमा चलिरहेको मातृभाषाको आन्दोलनमा ऐक्यबद्धता जनाउन पर्दछ ।

              सामाजिक आन्दोलनको सुरुवात सामाजिक नेताहरुले गर्नुपर्दछ, जसले भाषा संस्कार पहिचानलाई राम्ररी बुझेको हुन्छ । अब गोर्खाल्याण्डको भाषा नेपाली हुनेछ भन्ने हाम्रो बुझाई हो । यदि नेपाली बाहेक अंग्रेजीलाई गोर्खाल्याण्डको भाषा बनाए पनि हामीले गर्न सक्ने केही होइन, भुपु सेनाले सुरु गरेको यो आन्दोलन सम्बन्धमा केही सेलिब्रिटीहरुको दोहेरीले यो शंका उब्जाउँछ । गोर्खाल्याण्डको मुद्धलाई बिभिन्न समयमा बिभिन्न पार्टीहरुले चुनावको नारा बनाएता पनि यसले ठोस उपलब्धी प्राप्त गरेको छैन ।

                यो गोर्खाल्याण्ड आन्दोलनबारे त्यस क्षेत्रबाट मिश्रीत प्रतिक्रियाहरु आइरहेका छन्। सिक्किम राज्यका मुख्यमन्त्री यसको पक्षमा देखिएका छन र आसमको क्रन्तीकारीहरु यो गोर्खाल्याण्ड हुनपर्छ भन्नेमा छन । दार्जिलिङ क्षेत्रका सबै स–साना पार्टी र समुहहरु गोर्खाल्यण्ड आन्दोलनमा एकत्रित भएर लारिपरेका छन्। भाषा, संस्कृति र रहन सहन खानपान मिल्ने दार्जिलिङको नजिकको भनेको सिक्कीम हो, सिक्किमका मुख्यमन्त्री पवन चाम्लीङले गृहमन्त्री श्री राजनाथ सिहलाई हालसालै गोर्खाल्याण्ड राज्यको पक्षमा पत्र बुझाएको कुरा सार्वजनिक गरेका छन ।

                  नेपाल भित्र म तामाङ अनि नेपाली बाहिर हामी नेपाली । यो कुरा यस भाषिक आन्दोलनमा पनि प्रतिविम्वीत हुन्छ । राजनैतिक क्षेत्र अनुसार नागरिकको अधिकार र सुविधा र अवसरहरु फरक फरक हुन्छन्। नेपालको सन्दर्भमा भन्ने हो भने हामी नेपाली भाषा पीडित हुन, नेपाली भाषाको हावीले हाम्रो मातृभाषा ओझेलमा परे, मातृभाषामा शिक्षा नपाउँदा हाम्रो छोराछोरी लोकसेवा पास गर्न सक्दैनन भन्ने छ । अब दार्जिलिङमा भइरहेको नेपाली भाषाको आन्दोलनको मोडेल अवश्य नै नेपाल भित्र फिट हुदैन यो सबैले बुझ्नुपर्ने कुरा हो । दार्जिलिङको सवालमा बंगाली भाषा थोपरिरहेको छ जुन जाायज छैन, यो हुनुहुदैन ।

                 दार्जिलिङवासीहरुमा के भन्न चाहन्छु भने गोर्खाल्यण्ड आन्दोलन अब सागर बनेको छ, देशबिदेशबाट यसको समर्थनमा प्रदर्शनहरु भइरहेका छन यो आन्दोलनलाई दार्जिलिङवासीले निर्णयक बिन्दुमा पु¥याउनु पर्दछ ।

              भारतको दार्जिलिङमा चलेको भाषिक आन्दोलनलाई केही नेपाली बुद्धिजिविहरुले फरक मत राखेता पनि मेरो दृष्टिमा भारतमा नेपाली भाषीको आन्दोलन र नेपालमा मातृभाषीको आन्दोलनको मर्म एउटै हो – भारतमा बंगाली भाषाको थोपरिएको बिरुद्धको आन्दोलन हो नेपालमा हामी आदिवासी जनजातिमाझ नेपाली भाषा थोपरिएकोविरुद्धकोआन्दोलन हो दुबै आन्दोलनको मर्म एउटै हो यसैले पनि म यस आन्दोलनमा ऐक्यबद्धता जनाउँदछु र आन्दोलन सफल होस भनेर कामना गर्दछु । क्रमशः

-बिगेन्द्र तामाङ
मेघाङ–३, देउराली दोलेप, नुवाकोट