रञ्जना प्रथम

191 पटक पढिएको

प्रकाशित मिति: १३ असार २०७४, मंगलवार ०७:१२

सम्पादक: Dhading News

2012855070table-tenis-picकाठमाडौं । आयोजक नेपाल वायु सेवा निगमकी रञ्जना पोखरेल अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा सोमबार पहिलो भएकी छिन् । चार खेलाडी सहभागी महिला सिंगल्सको राउन्ड रोविन लिगमा रञ्जनाले शत प्रतिशत जित निकाल्दै उपाधि जित्न सफल भएकी हुन् ।

रञ्जनाले प्रतिद्वन्द्वीत्रय उषा सिम्खडा, निमा डोमा शेर्पा र अन्जु शाहलाई समान २–० को नतिजामा पाखा लगाइन् । पराजित तीनै प्रतिस्पर्धी पनि आयोजक निगमकै हुन् । अन्जु शाह र निमालाई समान २–० को सोझो सेटमा हराएकी उषा दोश्रो भइन् । निमाले तेश्रो स्थानमा चित्त बुझाइन् । निमाले अन्जुलाई २–० ले नै पाखा लगाइन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा जारी प्रतियोगिताको पुरुष सिंगल्समा कतार एयरवेजका कमल श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन् । कमलले निगमका सुरेशविक्रम हमालको यात्रा ११–९, ९–११, ३–११, १३–११ र ११–५ को सेटमा पूर्णविराम लगाए । फाइनलमा कमलको भेट निगमका नवीनबहादुर शाक्यसंग हुनेछ । नवीन एयर अरेबियाका प्रज्ज्वल कर्माचार्यलाई ३–० को सीधा सेटमा पाखा लगाउदै यसअघिनै फाइनलमा पुगिसकेका छन् ।

तेश्रो स्थानका लागि भएको खेलमा भने सुरेशले सफलता पाए । उनले एयर अरेबियाका प्रज्ज्वललाई ११–७, ११–६ र ११–३ को सोझो सेटमा पराजित गरे ।
पुरुष डबल्समा निगमका नवीन र प्रितम प्रधानको जोडी फाइनलमा पुगेका छन् । उक्त जोडीले निगमकै जयबहादुर चन्द र समिर केसीको जोडीलाई १६–१४, ११–७ र ११–९ को सोझो सेटमा हराए । अर्को सेमिफाइनल हुन बाँकी छ ।

बाह्रखरीमा खबर प्रकाशित छ ।


१३ असार २०७४, मंगलवार ०७:१२ मा प्रकाशित

Dhading Galaudi mahotsav 2073

समाचार

सबै

गल्छी गाउँपालिकामा शुभकामना आदान प्रदान कार्यक्रम

गल्छी गाउँपालिकाको आयोजनामा  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार गल्छी गाउँपालिकाको वडा नम्बर ८ छाङ्गेश्वर मन्दिर परिसरमा विजयादशमी, शुभदिपावली तथा छठ पर्व २०७४ को पावन अवसरमा.....

रकमको जोहो गर्नुहोला पाँच अर्ब ७१ करोडको हकप्रद सेयर आउँदैछ

काठमाडौँ / धितोपत्र बोर्डले विभिन्न १२ वटा कम्पनीलाई रु पाँच अर्ब ७१ करोड ८५ लाख ४२ हजार बराबरको हकप्रद शेयर.....

नेपाल टेलिकमको दशैं अफर सार्वजनिक

नेपाल टेलिकमले नेपालीहरुको महान चाड बडादशैंको अवशर पारेर नयाँ अफरहरु सार्वजनिक गरेको छ । टेलिकमले बुधबार.....

नागढुंगाबाट २८ मरेका खसीबोका बरामद

काठमाडौं, असोज ५ -महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ । प्रभागबाट.....

धादिङमा तीन जनालाई डेँगुको संक्रमण

धादिङ । धादिङमा डेँगु रोगका तीन जना बिरामी भेटिएका छन् । हालै जिल्ला अस्पताल धादिङमा उपचारका लागि आएका.....

netrawati 3x2 = 20pcs

dashai-shub-kamana