रामराजाको ह्याट्रिकले धुनिबेसी विजयी

578 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 धादिङ १६ माघ – धादिङ जिल्ला फुटबल संघको आयोजनामा गलौंदीस्थित त्रिशुली किनारमा जारी चौंथो रेडबुल लिग जिल्ला स्तरीय फुटबल प्रतियोगितामा धुनिबेसी युवा धार्केका स्ट्राइकर रामराज रेग्मीको ह्याट्रिक सहित ५–० को फराकिलो अन्तरले गल्छी युवालाई जितेको छ । धुनिबेसीका अर्का खेलाडी सन्तोष रेग्मीले दुई गोल गरे भने गल्छि युवा शुनयमै सिमित रह्यो । लिगको अर्को खेलमा विद्यार्थी उपकार धुवाकोटले धालिदेवी युवा नौबिसे विरुद्ध एक गोल गरेको छ । विद्यार्थीका लागि विपिन कडेलले एक गोल गरेका थिए । त्यस्तै पञ्चकन्या फुटबल क्लव सिम्लेले इन्द्रायणी तरुण क्लव आदमटारलाई लाई एक–शुन्य गोल अन्तरले पराजित गर्दै विजयी भएको छ । पञ्चकन्याका लागि विकास थापाले गोल गरेका थिए ।