प्रवास समाचार

पोस्टमार्टम गर्नै लाग्दा ब्युँतियो लास

एजेन्सी मुम्बईको सायन क्षेत्रको अस्पतालमा अनौठो घटना भएको छ । चिकित्सकहरुले मृत घोषित गरिएको व्यक्ति पोस्टमार्टम गर्नु केही समयअघि उठेपछि चिकित्सक र अन्य कर्मचारी अचम्मित भएका छन् । ५० वर्षीय यी सुकुम्बासीलाई एक वरिष्ठ चिकित्सकले मृत घोषित गरेर तुरुन्तै मोर्टुअरीमा लगिएको थियो, जुन अस्पताल नियमविपरीत हो । मरिसकेका भनिएको..

धादिङ समाज युएईको छैटौं महाधिबेशन सम्पन्न

लेक योन्जन, दुबइ–रोजगारी तथा अन्य कामका लागि खाडी मुलुक युएईमा पुगेका धादिङेहरुको हक हितका निम्ति स्थापना भएको साझा संस्था धादिङ समाज युएईको छैटौं महाधिबेशन सम्पन्न भएको छ । महधिबेशनले निर्बिरोधकासाथ पुन, भीम अधिकारीको अध्यक्षमा १४ सदस्यिय नयाँ कार्यकारीणी समिती गठन गरेको छ । जस्मा उपाध्यक्षहरुमा नर बहादुर घले, राज कुमार कडेल र धनु..

मलेसिया : नेपाली युवती शौचालयमा मृत भेटिइन –

मलेसिया, भदौ १२ - मलेसियाको टप ग्लोब कम्पनीमा कार्यरत एक नेपाली महिलाको ज्यान गएको छ । पाँचथर भारपा ७ निवासी २७ वर्षिय निलम पन्धाक आफू बस्ने होस्टलको शौचालयमा मृत भेटिएकी त्यही कम्पनीमा काम गर्ने नेपालीहरुले जनाएका छन् । गत बिहीबार आफ्नै होष्टलको शोचालयमा पन्धाकको शव झुन्डिएको अवस्थामा फेला परेको हो । शवको छेउमा सानो छुरीसमेत फेला..

बेनी रानीसँग जोन मोर युनिभर्सिटीमा साक्षात्कार

धादिङ जिल्लाको तिप्लिङमा जन्मिएकी बेनी रानी घलेले १२ वर्षकै उमेरमा  विवाह गर्नुपरेपछि जीवनमा विभिन्न उतारचढाव भोगिन् जुन क्षण उनका लागि बडो पीडादायी थियो । १३ वर्ष टेक्दै गर्दा उनले पर्यटकका भारी बोक्ने काम गरिन् । त्यही बेला उनले साक्षर हुनुपर्ने महत्व झन् बढी अनुभूति गरिन् । विभिन्न अप्ठेराका बाबजुद बेनी रानीले केही शिक्षा लिन..

धादिङ समाज युएईको सहायता योजना र महाधिवेशनको घोषणा

हरि नेपाली । दुबई, – धादिङ समाज युएईको यही जुलाई ३१ शुक्रबारका दिन दुवईको सिन्ध पञ्जाव रेष्टुरेन्टमा बसेको वैठकले सहायता वीमा योजनाका साथै सेप्टेम्बर २५ मा महाधिवेशनको घोषणा गरेको छ । समाजका अध्यक्ष भीम कुमार अधिकारीको अध्यक्षतामा बसेको वैठकमा संरक्षक भुवन गुरुङले बैदेशिक रोजगारमा रहेका धादिङबासीहरुको सुरक्षार्थ सहायता बीमा योजना..

मृत्युदण्डको मुखमा नेपालीहरू

रियाद (साउदी अरब),  - उनको टाउको काटेर २४ घण्टा झुन्डाउने अदालती आदेश आएको चार वर्ष भइसक्यो। जुनसुकै बेला कार्यान्वयन हुनसक्छ। पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्ड पाएका धनुषाका उमेश यादवलाई जोगाउन नेपाली र पाकिस्तानी दूतावासले पीडित परिवारसँग सहमति प्रयास गरिरहेका छन्। त्यहीकारण फैसला कार्यान्वयन लामो समयदेखि..

आजदेखि निःशुल्क हवाई टिकट र प्रवेशाज्ञाको व्यवस्था लागू

 -  काठमाडौँ, असार २१ –खाडीका छ मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा जाने कामदारलाई निःशुल्क हवाई टिकट र प्रवेशाज्ञाको व्यवस्था सोमबारदेखि लागू  भएको छ ।श्रम तथा रोजगार मन्त्रालयको गत जेठ २६ गते कतार, बहराइन, साउदीअरब, संयुक्त अरब इमिरेट्स (दुबई), ओमन, कुबेत र मलेसियाका लागि निःशुल्क टिकट र प्रवेशाज्ञा लागू गर्ने निर्णय सोमबारदेखि..

विद्यालयको पुर्ननिर्माणका लागि १ लाख ३८ हजार सहयोग

धादिङ,  बंगलादेशमा रहेको रंगपुर मेडिकल कलेजमा अध्ययनरत धादिङका डाक्टर अनुज श्रेष्ठले भूकम्पबाट प्रभावितहरुलाई १ लाख ३८ हजार ८ सय रुपैया सहयोग गर्नुभएको छ । धादिङको त्रिपुरेश्वर निवासी श्रेष्ठले आफु पढ्ने कलेजसँग समन्वय गरी आर्थिक रकम जुटाउनुभएको हो । रकम धादिङ स्वास्थ्य समाजको खातामा जम्मा गरीसक्नुभएको छ । समाज मार्फत..

बेलायतको युनिभर्सिटीमा पहिलो एसोसिएट डिन बने नेपाली

‘देश सेवा गर्नलाई देश भित्रै हुनुपर्छ भन्ने छैन’  लन्डन,-लिभरपुल जोन मोर युनिभर्सिटीको गहन जिम्मेवारी युक्त पोजिसन एसोसिएट डिनको रूपमा भर्खरै नियुक्ति पाएका एकजना नेपाली प्राध्यापक डा.पदम शिम्खडा आफ्नो तन मन र धन सबै सधै नेपालमै रहेको बताउँछन्। ‘सायद मैले नेपालमै बसेर काम गरेको भए, नेपालको लागि यति योगदान गर्न सक्ने थिइन,’ उनले..

सिरियाबाट सुनिताको रोदन, ‘म यतै मर्ने भएँ’

धादिङ: नीलकण्ठ-८ मगर गाउँकी सावित्री मगरको मोवाइलमा दिनँहुजसो विदेशको नम्वरबाट फोन आउँछ । दुई वर्ष अघिदेखि द्वन्द्वग्रस्त मुलुक सिरियामा बन्धक रहेकी छोरी सुनिताबारे केही नयाँ खवर आयो कि भनेर उनी हतार हतार फोन उठाउँछिन । यताबाट हेलो भन्न नपाइ उतैबाट रुँदै गरेकी सुनिता मगर बोल्छिन, ‘आमा मलाई अब यहाँ मारेर फाल्दिने भइसके, तिमीले छिटो..

“धादिङ्ग समाज कोरिया” द्वारा भूकम्प पिडित बिद्यालयलाई जस्ता पाता वितरण

सन्तोष अधिकारी- सिओल, भूकम्पको चपेटामा परेको जिल्ला धादिङ्गको उत्तरी भेगमा रहेका बिभिन्न्न ७ बिद्यालयहरुलई "धादिङ्ग समाज कोरिया" ले जस्ता पाता वितरण गरेको छ। समाजले अचने ऊ. मा.बि. त्रिपुरेश्वर, भीमोदय मा.बि.आगिन्चोक , कमला देबी नी.मा.बि. मुलपानी, महा लक्ष्मी ऊ.मा.बि. बसेरी, बसेरी मा.बि. बसेरी, तामाङ्ग खर्क ऊ.मा.बि. गुम्दी र गणेश मा.बि. दार्खा मा गरि..

वैदेशिक रोजगारीको तालिमसगैँ अनलाइन भिडियो जाँच हुने 

 काठमाडौं: वैदेशिक रोजगारीमा अभिमुखीकरण तालिमबिनै कामदार पठाउनेक्रम बढेपछि सरकारले सम्बन्धित संस्थाले तालिम दिइरहेकै बेला अनलाइन भिडियो जाँच गर्ने भएको छ।तालिममा सहभागी नभएकालाई वा तोकिएको अवधि र पाठ्यक्रमअनुसार तालिम नदिने प्रवृत्ति बढेपछि तालिम दिनुअघि दर्ता गराउने र तालिम दिँदा अनलाइन भिडियो परीक्षण गर्ने व्यवस्था गर्न..

बैदेशिक रोजगारीमा धादिङका महिला रेनुका घर फर्किन, सुनिता पनि फर्कंदै

धादिङ– – केही समय देखि धादिङ जिल्लाका संचारमाध्यममा निकै स्थान पाएका दुई चेलीले यति बेला त्यो स्थान ओगटिरहेका छन ।  तीन वर्षदेखि परिवारको सम्पर्कमा नरहेकी झार्लाङ गाविस १ घर भई हाल धादिङ सदरमुकाम नजिकै बस्ने रेनुका तामाङ घर फर्किएकी छन् । तीन वर्ष अघि कुवेत गएकी तामाङ यही हप्ता घर फर्किएकी हुन् । घरेलु कामदारका रुपमा २०६८ साल चैतमा..

पिपलछापका २४ परिवारलाई व्यक्तिगत पहलमा राहत

धादिङ-धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ पिपलछापका २४ घर परिवारलाई व्यक्तिगत पहलमा राहत वितरण गरिएको छ । धादिङ घर भई  हाल अन्तराष्ट्रिय गैर सरकारी संस्था वल्र्ड भिजन इन्टरनेशनलमा कार्यरत अनु श्रेष्ठले आफ्नो गाउंवासीलाई परेको चोट कम गराउन साथीहरुको पहलमा आर्थिक संकलन गरि राहत सामाग्री बितरणका लागि गाउंमा पठाउनु भएको हो ।..

सिरियामा बन्धक सुनितालाई नेपाल फर्काउन ८ सय डलर उठ्यो

केशव अधिकारी धादिङ, २७ जेठ - एक अर्कालाई दुःख पर्दा सर सहयोग गर्नु नेपालीको परम्परानै हो । संसारमै फरक पहिचान भएका नेपालीहरु अहिले संसारका विभिन्न स्थानमा पुगिसकेका छन । मातृभुमि छाडेर देश परदेश पुेगपनि उनिहरुले एक अर्काको सुख दुःखमा साथ दिंदै आफ्नो पहिचानलाई जोगाउन सफल पनि भईरहेका छन । दलालले सिरिया पु¥याएर घरेलु कामदारका रुपमा..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad