खोजखबर

‘लकडाउन रहर होइन वाध्यता हो’ – सांसद खेम लोहनी

धादिङबेसी- कोरोना रोकथामका लागि जिल्ला स्तरमा भएका गतिविधिहरुको बारेमा धादिङ जिल्लाका प्रतिनिधि सभा सदस्य खेमप्रसाद लोहनीले सरोकारवालाहरुसँग जानकारी लिनु भएको छ । शनिवार विहान सदरमुकाम धादिङबेसीमा सरोकारवालाहरु संग अनौपचारिक भेटघाट कार्यक्रम राखी सांसद लोहनीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएका गतिविधि र समस्याहरुको..

सडकमा अलपत्र नागरिकलाई घर पठाउन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं - सर्वोच्च अदालतले आफ्नो गन्तव्यमा जाने क्रममा अलपत्र परेका लकडाउनमा परेर पैदलै गएका नागरिकलाई तत्काल उनीहरुको घर पुर्‍याउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश डा.आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको संयुक्त इजलासले उनीहरुलाई घरसम्म पुग्ने सवारीसाधनको बन्दोबस्त गर्न पनि सरकारलाई आदेश दिएको हो। अधिवक्ता प्रकाशमणी..

धादिङमा स्थानीय प्रशासनद्वारा लकडाउन थप कडा

धादिङ । सडकमा अनावश्यकरूपमा मानिसहरूको उपस्थिति बढ्न थालेपछि कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न धादिङमा स्थानीय प्रशासनले लकडाउनलाई थप कडा बनाएको छ । स्थानीय प्रशासनले मंगलबार बेलुकीबाट जिल्लाभर औषधिबाहेकका सबै पसल बन्द गर्न निर्देशन दिएको थियो । अघिल्ला दिनका तुलनामा बिहीबारदेखि सदरमुकाममा मानिसको हिँड्डुलमा निकै कमी आएको छ ।..

ज्वरोका बिरामी बोक्नै मान्दैनन् गाउँका एम्बुलेन्स

 केशव अधिकारी धादिङ । व्यक्तिगत सुरक्षाको कारण देखाउँदै एम्बुलेन्स चालकहरुले रुघाखोकी र ज्वरो आएका बिरामी बोक्न नमानेपछि ग्रामीण भेगका बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान समस्या हुन थालेको छ ।  चैत ४ गते भारतबाट घर आएका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ गोलाङका अमृत परियारलाई केही दिनअघि ज्वरो आएपछि प्राथमिक स्वास्थ्य..

धादिङका एम्बुलेन्स चालक भन्छन ‘एउटै पिपिई कति दिन लगाउने”

धादिङ- धादिङ जिल्लाका एम्बुलेन्स चालकहरुले लकडाउन शुरु भएको दुई साता विति सक्दा पनि एउटै पिपिई सेट लगाएर काम गर्नु परेको दुःखेसो गरेका छन । जुनसुकै बेला विरामी संग नजिक हुनुपर्ने एम्बुलेन्स चालकहरु आंफै अुसरक्षित भएर काम गर्नुपरेको संयुक्त एम्बुलेन्स चालक समाज धादिङका अध्यक्ष भेषराज ठकुरीले वताउनु भएको छ । कोरोना भाईरस संक्रमणको..

नागरिकको जीवनरक्षा महत्वपूर्ण कुरा : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ)

आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, – आज सिङ्गो मानवजाति कोभिड–१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी अत्यन्त नाजुक अवस्थामा रहेका बिमारी सहित १३ लाखभन्दा बढीमा सङ्क्रमण फैलिएको छ । म यस महामारीमा ज्यान..

नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

डिन्यूज डेलि काठमाडौं– नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन्। मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले आगामी पाँच वर्षका लागि अधिकारीलाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो। अधिकारी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत थिए। अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिले अधिकारीसहित तीन जनालाई सिफारिस..

कर बुझाउने र नवीकरण अवधि वैशाख महिना कायम

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र, सवारी साधनको नवीकरण, प्रदूषण नवीकरण र कम्पनीहरूको नवीकरण अवधि वैशाख महिना कायम गर्दै सोअनुरूप बुझाउनुपर्ने शुल्क तथा कर विलम्ब दस्तुर मिनाहा गर्ने भएको छ । यसका लागि केन्द्रीय सरकारले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई जिम्मेवार निकायको रूपमा तोकेको छ भने सहयोगी निकायका..

लकडाउनको अवस्थामा सालको काठ तस्करी

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर १ मैदीबाट बिहीबार प्रहरीले अवैध काठ बरामद गरेको छ । चिरान गरेको ३७ थानको ६०.७३ क्युफिट तयारी सालको काठ गाडीमा लोड गर्दै गरेको अवस्थामा भेटिएपछि प्रहरीले बरामद गरेको हो । तस्करी गरिहेको सालको काठको बिहीबार बरामद गरिएको छ । ढल्पु सामुदायिक वनबाट काठ लोड गरिरहेको बा ४ ख १७२७ नम्बरको आइचर..

नेपाल भ्रमण वर्ष औपचारिक रुपमा स्थगित

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषद्को गत चैत ९ गते भएको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए । यसअघि अप्रिलसम्मका लागि भ्रमण वर्ष स्थगन गर्ने निर्णय भएको थियो । भ्रमण वर्ष स्थगन भएसँगै..

कोरोना नियन्त्रण तथा उपचार कोषमा बागमती प्रदेश सरकारको ५० करोड

हेटौंडा - बागमती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम थप गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कोषमा ४० करोड थप्ने निर्णय गरेको हो । सरकारले १० करोड रकममा शुरु भएको कोषलाई बढाएर रु ५० करोड पु¥याएको हो । मुख्यमन्त्री निवास चैकीटोल हाइटमा बसेको..

वागमती प्रदेश सरकारले स्थानिय तहमा सहयोग रकम पठाउने

हेटौंडा - बागमती प्रदेश सरकारले आफ्नो प्रदेशभित्रका सबै स्थानीय तहलाई कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचारका लागि सहयोग गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका एक सय १९ वटै स्थानीय तहलाई सहयोग गर्न कोरोना भाइरस संक्रमण, नियन्त्रण तथा उपचार सहयोग कार्यविधि २०७६ स्वीकृत गरेको छ । बैठकले कार्यविधि स्वीकृत गरेसँगै..

मन्त्रीपरिषदको निर्णय- ८ दिन थपियो लकडाउन

सरकारले पहिलो चरणमा घोषणा गरेको लकडाउन अवधि सकिन एक दिन बाँकी हुँदा थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ । अब चैत २६ गते सम्म देश लकडाउनमा जानेछ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि नेपालमा थप आठ दिन ‘लकडाउन’ गर्न ‘कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई सिफारिस गरेअनुसार मन्त्रीपरिषद्ले..

नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि

विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरस (कोविद–१९) को संक्रमण हुनेको संख्या थपिंदै गएको छ । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनु भएको छ । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका..

कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाउनु पर्ने उपाय

काठमाडौंः सामान्य अवस्थामा हुने फ्लू वा इन्फेक्शनका संक्रमित ब्यक्ति केही दिनभित्रै निको हुने गर्दछन् । यदि केहि दिनभित्रै निको नभए पनि यसले कुनै गम्भीर अवस्था निम्त्याउदैन । तर विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण निको हुने त परको कुरा समयमा अस्पतालमा उपचार गराउन सकिए भने ज्यान समेत जाने गर्दछ । त्यसैले कोरोना..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad