घटना /दुर्घटना/ अपराध

फरार अभियुक्त खोज्दै धादिङ प्रहरी, ७ महिनामा ५८ जना पक्राउ

धादिङ–विभिन्न अपराध गरी फरार रहेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यलय धादिङले अभियानै चलाएको पक्राउन गर्न थालेको छ । जिल्ला प्रहरी कार्यलय धादिङमा प्रहरी प्रमुख प्रकाश मल्ल सरुवा भएर धादिङ आएपछी फरार अभियुक्त पक्राउन गर्नको लागि विषेश अभियान सन्चालन गर्नुभएको हो । यसै आर्थिक बर्षको ७ महिनाको अविधिमा ५८ जना फरार अपराधी पक्राउन..

तिप्लिङका युरुङ तामाङ हत्यामा संलग्न समातिए

काठमाडौं– गोलढुंगा बस्ने धादिङ तिप्लिङ–९ का २५ वर्षीय युरुङ तामाङको हत्यामा संलग्न दुईजना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले काठमाडौं गोंगबुबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं मनमैजु बस्ने उदयपुर त्रियुगा नगरपालिका–११ गाईघाटका १९ वर्षीय अभिषेक कार्की र काठमाडौं गोंगबु बस्ने बाँके चिसापानी–१ का २८..

आमाले नै गरिन् छोराको ‘हत्या’

कावासोती, १६ फागुन,  नवलपरासीको तम्सरीया–२ मा एक आमाले आफ्नै नौ वर्षीय छोराको हत्या गरेकी छिन् । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि बरुवालका अनुसार तम्सरीया–२ वसन्तपुरकी ३० वर्षीया जमुना जिसीले आफ्नै नौ वर्षीय छोरा प्रदीप जिसीको आज बिहान घाँटीमा सलले बाँधेर हत्या गरेकी हुन् । छोराको हत्यापछि उनले आत्महत्या गर्ने..

ढुकटी खेल्दैगरेका १० पक्राउ

काठमाडौँ, १४ फागुन । अवैधरुपमा ढुकटी खेलिरहेको अवस्थामा महानगरीय अपराध अनुसन्धान महाशाखाले राजधानीको डल्लु आवास क्षेत्रबाट १० जनालाई पक्राउ गरेको छ । अवैधरुपमा निक्षेप सङ्कलन गरी गैरकानुनी क्रियाकलापमा सङ्लग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । अवैधरुपमा ढुकुटी खेलिरहेको भन्ने सूचनाका आधारमा महाशाखाको टोलीले..

चट्याङले एकको ज्यान गयो ,दुई घाईते

धादिङ,१४ फागुन - चट्याङले लागेर धादिङमा एक जनाको ज्यान जानुका साथै दुई जना घाईते भएका छन । धादिङको मलेखुमा तरकारी बिक्री गरेर सलाङ गाविसको गौंथले स्थित घर तर्फ फर्कदै गर्दा घर नजिकै चौतारामा बसिरहेकोे बेला चट्याङले लागेर विहान ११ वजे तिर ८१ बर्षिय पूर्णवहादुर थापा मगरको ज्यान गएको छ । यसै गरी जिल्लाकै जिवनपुर गाविस वडा नम्बर ५..

सामाजिक सुरक्षाभत्ता रकम चोर्ने पक्राउ

धादिंङ,१३ फागुन -सामाजिक सुरक्षाभत्ता रकम राखेको झोला   चोर्ने धादिङको बसेरी–५ का राजु ढकाललाई प्रहरीले विगो रकम सहित पक्राउ गरेकोछ । वुढाथुम गाविस सचिव दुर्गा प्रसाद रिजालले सामाजिक सुरक्षा भत्ता वितरण गरि वचेको डेढ लाख रकम र भर्पाई राखेको व्याग ढकालले  जीप वाटै चोरेर वाटैमा ओर्लेका थिए । गविस सचिव रिजाल सहित वसेरी–७ वाट जीप  चढेका..

नुवाकोटमा नक्कली नोटको बिगबिगी

 नुवाकोट । नुवाकोटमा नक्कली रुपैयाँको नोट छ्यापछ्याप्ती भेट्टिन थालेपछि नेपाल बैक लिमिटेड त्रिशुली शाखाले नागरिकहरुलाई सचेत रहन आग्रह गरेको छ । बैंक तथा वित्तिय सस्थाहरुले संकलन गरेको रकम देखि चलन चल्तिका पुराना नोटहरु समेत नक्कली पाउन थालेपछि नेपाल बैंकले सर्वसाधारणलाई नोटको कारोबार गर्दा सतकर्ता अपनाउन आग्रह गरेको हो कारोवार..

अनुसन्धानका कर्मचारी मिठाराम एक लाख घुससहित रंगेहात पक्राउ

काठमाडौं : हेटौडास्थित राष्ट्रिय अनुसन्धान विभागको कार्यलयमा कार्यरत अनुसन्धान सहायक मिठाराम भट्टराई एक लाख घुससहित पक्राउ परेका छन्  ।भट्टराई केही महिना अघि सम्म धादिङमा कार्यरत थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो। उनलाई अनुसन्धानका लागि हिराशतमा राखिएको छ ।अनुसन्धान सहायक पदमा नाम..

बलात्कारीलार्इ १ हजार ५ सय ३५ वर्ष जेल सजाय

फोटो :एजेन्सी  एजेन्सी : दक्षिण अफ्रिकामा ३५ वर्षीय पुरुषलार्इ अदालतले १५३५ वर्षको जेल सजाय सुनाएको छ । जोहनेसबर्गको एक अदालतले गुटेङ्ग प्रान्तको तेन्बिसा इलाकामा बस्ने अल्बर्ट मोरेकमाथि २००७ देखि २०१२ सम्ममा २९ जना महिलालार्इ बलात्कार गरेको अभियोग लागेको थियो ।जोहनेसबर्ग उच्च अदालतले बिहीबार ती युवामाथि जम्मा १५३५ वर्षको जेल..

चट्याङ लागेर रेडियो राजमार्गमा क्षती, जिल्लाभर पाँच जना घाइते

धादिङ- ७ ,फागुन । बुधवार राती ९ वजे तिर परेको चट्याङ लागेर धादिङको धार्केवाट प्रसारण हुंदै आईरहेको रेडियो राजमार्गको प्रशारण अवरुद्ध हुन पुगेको छ । रेडियो स्टेशनको चकमके स्थित टावरमा चट्याङले क्षती पु¥याउंदा त्यहां प्रशारण अबरुद्ध हुन पुगेको हो । त्यसै गरी धादिङबेसी पुछारवजारमा रहेको रेडियो धादिङको स्टेशनमा पनि चट्याङले दुईवटा..

नेपालमा २० गैंडा मारेर मलेसीया पुगेका चेपाङ पक्राउ

काठमाण्डौं–सर्वाधिक खोजी हुंदै आईरहेपनि प्रहरीले भेट्न नसकेको चितवनका राजकुमार प्रजा  अर्काको नाममा नागरिकता वनाएर मलेसिया पुगि बसिरहेको काम गरिरहेको अवस्थामा पक्राउ परेका छन ।  गैंडाको खागको तस्करी गरेको अभियोगमा सर्वाधिक खोजीको सूचीमा रहेका   चितवनका प्रजालाई प्रहरीले सार्वजनिक गरेको छ । इन्टरपोलको रेड कर्नर नोटिसमा रहेका..

मलेसियामा प्रभु मनीबाट नेपाल पठाउन लागिएको ९० लाख लुटियो

मलेसिया : मलेसियाको क्वालालाम्पुर सहरमा प्रभु मनी ट्रान्सफरका एक कर्मचारीबाट ३ लाख ३० हजार रिंगिट (९० लाख रुपैयाँ) लुटिएको छ । बिहीबार दिउँसो नेपाल पठाउनका लागि बैंकमा जम्मा गर्न जाने क्रममा प्रभु मनी ट्रान्सफरका कर्मचारी प्रमोद न्यौपानेलाई छुरी हानेर सो रकम लुटिएको हो । क्वालालाम्पुरको कोतारायामा भएको सो घटनामा रकम लुट्ने क्रममा..

तिप्लिङमा कक्षाभित्रै बिद्यार्थीलाई खुकुरी प्रहार

धादिङ,१ फागुन- धादिङको वेनिघाट गाविसको हर्कपुर माविमा मदिरासेवन गरी कार्यालय कक्ष भित्र प्रवेश गरेको समुहले प्रधानाध्यापक र शिक्षक माथि हमला गरेको घटना सेलाउन नपाउंदै जिल्लाकै तिप्लिङ गाविसमा कक्षा कोठा भित्र पढिरहेका बिद्यार्थी काटिएका छन । धादिङ जिल्लाको उत्तरी भेगको अति विकटमा रहेको तिप्लिङ गाउं विकास समिति वडा नम्बर ३ को दोङ्देन..

कार्यकक्षभित्र प्रवेश गरेर कुटपिट गर्नेहरुमाथी किटानी जाहेरी

धादिङ-कार्यकक्षभित्र प्रवेश गरेर प्रधानाध्यापक सहित महिला शिक्षक माथी कुटपिट गर्नेहरुमाथी जिल्ला प्रहरी कार्यालय धादिङमा किटानी जाहेरी दर्ता भएको छ । धादिङको वेनिघाट गाउं विकास समिति वडा नम्बर ३ हर्कपुरमा रहेको हर्कपुर माध्यामिक विद्यालयका प्रधानाध्यापक प्रधानाध्यापक पहलमान श्रेष्ठ, महिला शिक्षक शर्मिला त्रिपाठी, अभिभावक..

बृद्ध मानिसलाई यसरी रेटियो (तस्विर सहित)

इस्लामिक स्टेट आइएसका लडाकुहरुले सिरियामा एक बृद्धलाई सार्वजनिकरुपमा विभत्सरुपमा घाँटी रेटेर हत्या गरेका छन् । बोक्सी भएको अभियोगमा लडाकुहरुले ती बृद्धको विभत्स हत्या गरेका हुन् । ती बृद्धलाई सार्वजनिरुपमा घाँटी रेटेर हत्या गरिएको तस्विर एक अज्ञात ब्यक्तिले सार्वजनिक गरेको डेलीमेलले जनाएको छ । सिरियाको राक्का भन्ने आएसको..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad