यूएईबाट धादिङका विद्यालयमा कम्प्युटर सहयोग

701 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

computer help 1दुबइ १६ साउन  , – धादिङबाट बैदेशिक रोजगारीका लागि यूएई आएका नेपालीले मिलेर ‘गाउँमा कम्प्युटर शिक्षा अभियान’ चलाएका छन् ।

अभियानले जिल्लाका ५ वटा विद्यालयमा ६५ वटा कम्प्युटर प्रदान गरिसकेको छ । त्यस्तै दुईवटा प्रोजेक्टर, एउटा स्मार्ट इन्टरएक्टिभ बोर्ड, १५ वटा सिसी क्यामेरा र एउटा मल्टिसिस्टम प्रिन्टर हस्तान्त्रण गरिएको अभियान शुरुवातकर्ता भुवन गुरुङले जानकारी दिनुभयो ।

यो अभियानलाई यूएइबाहेक अरु देशमा रहेका धादिङका नागरिकले पनि सहयोग गरेका छन् । सहयोग गरेका सामाग्रीहरु वार्षिक बिदामा नेपाल फर्किदा हस्तान्तरण गर्ने गरेको उहाँले बताउनुभयो । सन् १९९९ मा रोजगारीका लागि साउदी पुगेका धादिङका भुवन गुरुङले कम्प्युटरको ज्ञान नहुँदा धेरै राम्रा अवसर गुमाउनुपरेपछि गाउँका बालबालिकालार्इ कम्प्युटर सिकाउन यो अभियान शुरु गर्नुभएको हो ।

खाडी क्षेत्रमा पनि कम्प्युटर शिक्षा नभएकोले अधिकांश नेपालीहरूले निम्न आम्दानीमा श्रमिक भएर काम गरेको देखेर आफुले ‘गाउँमा कम्प्युटर शिक्षा अभियान’ सञ्चालन गर्न थप प्रेरणा मिलेको उहाँ बताउनु हुन्छ । अभियानलाई यूएईमा रहेको धादिङ सेवा समाजले पनि आफ्नै अभियानको रुपमा लिएर सहयोग गरिरहेको समाजका अध्यक्ष भीम अधिकारीले बताउनुभयो । उहा आँफै पनि यस अभियानमा सक्रिय हुनुहुन्छ उज्यालो अनलाईनले खबर लेखेको छ ।  ।