नेपालीहरु ‘मेहनेती ,उध्यमि र बेल्जियमका लागि सफल उदाहरण’ – सिनेटर पोल भानदेन द्रिस ।

692 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

रमेश कंडेल / बेल्जियम
10550993_10203514853784063_2850856387669050226_n गएको हप्ता २८ जुलाई सोमबारका दिन गैरआवासीय नेपाली संघ युरोपका अध्यक्ष अर्जुन श्रेष्ठ र रमेश कँडेलको सयोजकतामा ब्रुजको कानिकामा सुसी रेस्टुरेन्टमा ए न-भी आ ब्रुज र ब्रुजका नेपाली समुदाय बीच भेटघाट साझ कार्यक्रमको आयोजना भएको थियो । बेल्जियमको ठुलो राजनैतिक पार्टी एन भी आ बोर्डको सदस्यहरु र प्रतिनिधिहरु अतिथिका रूपमा उपस्थित भएको यस कार्यक्रममा ब्रुजका नेपाली समुदायले एक अर्कासंग परीचय गरी सम्बन्ध सूमधूर बनाउने काम गर्यो । एन भी आ ब्रुजकी उपाध्यक्ष इंग फान हुल्ल संग वार्ता पछि यो कार्यक्रमको तय गरिएको थियो ।कार्यक्रममा एन भी आ का तर्फबाट करीब २० जना को सहभागिता थियो भने त्यति नै सख्यामा नेपालीहरु थिए । रमेश कंडेलले कार्यक्रम संचालन गर्नुका साथै स्वागत मन्तब्य दिनुभएको थियो ।
           त्यसै गरी एन भी आ बेल्जियमका सिनेटर पोल फान देन द्रिस्सले एन भी आको तर्फबाट नेपाली समुदायलाई धन्यबाद मन्तब्य दिनुभएको थियो । आफ्नो शब्दमा आभार प्रकट गर्दै सिनेटरले डच सिक्ने र बोल्ने सफल प्रयासको लागि नेपाली समुदायलाई बधाई दिदै फ्लान्डर्समा बस्न र काम गर्न आउने सबैको लागि नेपाली समुदाय एक सुन्दर र उदाहरण रहेको कुरा ब्यक्त गर्नुभयो। ब्रुज एन-भी आ अध्यक्ष एर्विन प्रिमलाइ नेपाली समुदायको तर्फबाट अर्जुन श्रेष्ठले शान्तिको प्रतीक बुद्धको मूर्ति सम्मान सहित प्रदान गर्नुभयो। आफ्नो सानो मन्तब्यमा एन भी आ ब्रुगेको अध्यक्ष प्रिम एर्बिनले “नेपालीहरु मेहनेति र ईमान्दार हुन्छन् भन्ने सुनेको मात्रै थिए , आज आफै भेटेर कुराकानि र परिचय गर्न पाउदा खुसि लागेको ” बताउदै आफुले नेपाली कम्युनिटीलाई सक्दो सहयोग गर्ने बचन दिनुभयो । यस लगत्तै एन भी आ ले एक प्रेस बिज्ञप्ति जारि गरि -फ्लेमिंगहरु जस्तै नेपाली समाज उद्यमी र मेहनती रूपमा चिनिने समुदाय भएको ,ब्रुजका नेपाली विशेष गरी होटेल ब्यबसाय र पर्यटन उद्योग क्षेत्रमा अग्रसर रहेको कुरा उल्लेख गर्यो ।
                    बिज्ञप्तिमा एन भी आ को सिद्धान्त जस्तै नेपालिहरु पनि काम र जिम्मेवारी हाम्रो समृद्धि र समाजको उन्नतीका लागि आवश्यक छ भन्ने कुरामा विश्वस्त छन्, उनीहरुको यो लगनशीलता प्रशंसनीय छ भन्ने कुरा स्पष्ट पारिएको थियो । फ्लान्दरनमा ठुलो पार्टीका रुपमा रहेको एन भी आ को नेपाली समुदाय प्रतिको यो सकारात्मक प्रतिक्रियाले नेपाली समुदायमा थप जोश र जाँगर निम्त्याउनुका साथै यो भेटघाटले नेपाली समुदायमा सकारात्मक आशा पनि थपेको छ । उपस्थित नेपालीहरु हरुले पनि सो कार्यक्रमको खुलेरै प्रशंसा गरेका थिए । एक सहभागि अर्जुन काफ्लेले “यस्तो खालको कार्यक्रमले दुईसमुदाय बिचको दुरि घट्ने र एक आपसमा चिनजानको वातावरण बन्ने ” बताउनु भयो । एभरेष्ट नेपालि समाजका निबर्तमान अध्यक्ष कमल पंथीले यस्तो कार्यक्रम बेल्जियममानै पहिलो भएको र यसलाई निरन्तरता दिनुपर्ने कुरा औंल्याउनु भयो । स्थानिय नेपाली ब्यवसायी कमल भारतीले नेपालीहरु पनि स्थानिय राजनितिमा आउनु पर्ने कुरामा जोड दिनुभयो । एभरेष्ट नेपाली समाजका अध्यक्ष दुर्गा सुबेदीले “हामी नेपालीहरु इमान्दार , मेहनेति र समाजमा घुलमिल गर्न सक्ने मानिसहरु हौ भनेर बेल्जिकहरुलाई चिनाउन सक्नु नै धेरै उपलब्धि भएको ” भन्दै कार्यक्रमको सफलताको शुभ-कामना दिनु भएको थियो । कार्यक्रमको अन्तिममा नेपालबाट आउनु भएका कलाकारहरुद्वय सत्यराज र स्वरुपराज संग उपस्थित नेपालीहरुले मनोरन्जन लिएका थिए ।