एन्मा÷नासाको दसौ सम्मेलन सफलताका साथ सम्पन्न

1062 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नातिबाबु भट्ट
सेक्टेम्बर १, २०१४
कोलोराडो, अमेरीका

anma america एशोसिएसन अफ नेप्लीज ईन मिडवेष्ट अमेरिका (एन्मा) र नेप्लीज एशोसिएसन ईन साउथवेष्ट अमेरीका (नासा) को दसौं संयूक्त सम्मेल सफलताका साथ सम्पन्न भयो ।
कोलोराडोको डेनवर्क स्थित क्राउन प्लाजा होटलमा संचालन भएको तिन दिने कार्यक्रम अमेरीकाका लागी नेपालका कार्यवाहक राजदुत ऋषीराम घिमीरे र कोलोराडोका सिनेटर लिन्डा न्युवेलबाट संयूक्त रुपमा उद्घाटन भएको हो । अमेरीका र नेपालको राष्ट्रियगान गाएर सुरुगरिएको कार्यक्रममा अमेरीका र क्यानडा तथा मेक्सीकोमा बसोबासगर्ने नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
मुल आयोजक समितीका अध्यक्ष शरद आचार्यको अध्यक्षतामा भएको समारोहमा उद्घाटन भाषणमा गर्दै राजदुत घिमीरेले नेपालीको भाषँ र संस्कृतीको पहिचान गराउन आयोजना गरिएको भब्य कार्यक्रममा सहभागी हुन पाउदा ज्यादै खुसीलागेको बताए । उनले अमेरीकामा रहेका नेपालीहरुलाई अवसर तथा जोखीम बराबर रहको बताउदै, कर्म भूमीमा मात्र नरमी मातृ भूमी प्रतिको जिम्मेबारी बहनगर्न सबैलाई आग्रह गरे । त्यस्तै सिनेटर लिन्डाले यति धेरै नेपाली दाजुभाई दिदी बहिनी सहभागी भएको कार्यक्रममा आउन पाउंदा आफुलाई भाग्यमानी ठान्दै नेपालीहरुको ईमान्दारीता, कर्तब्य निष्ठाको खुलेर प्रशंसा गरिन । उनले भाषँ र संस्कृतीको पहिचानका यस्ता कार्यक्रमले आगामी दिनमा दुई राष्ट्रबिचको संस्कृती आदान प्रदानमा महत्वपुर्ण टेवा दिने बताइन । लिन्डाले दृष्टिबिहीन बुना दाहालले अहिले अमेरीकामा पुर्याई रहेको योगदानको उच्च मुल्याङ्कन गरिन । त्यस्तै उक्त उद्घाटन सत्रमा शुभकामना मन्तब्य राख्ने अन्य अतिथीहरुमा एन्माका अध्यक्ष गोपेन्द्र भट्टराई, नासाका अध्यक्ष रामचन्द्र बराल, नेपालीघरका अध्यक्ष नारायण श्रेष्ठ, अन्तराष्ट्रिय साहित्य समाजका पदम बिक, एनआरएनका लोकनाथ तिवारी ,एएनएका राजेन्द्र खतिवडा रहेका थिए ।
नया“ पुस्तालाई नेपाली रहन सहन, भाषा, स“स्कृती तथा भेष भुषाको जानकारी गराउन तथा अमेरीकामा जन्मे हुर्केका नेपाली बालबालिका तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपालीको भाषँ र संस्कृतीको पहिचान गराउन, कार्यक्रम आयोजना गरिएको र यसबाट मातृभुमी प्रतिको कर्तब्य स्मरण गराउन तथा कर्मथलोमा जन्मथलोको पहिचान गराउने कार्यक्रमको मुख्य उद्धेश्य रहेको आयोजकहरुको दाबी थियो ।
कोलोराडो स्थित नेपालीहरुको साझा संस्था नेपाली घर र रकी माउण्टेन फ्रेन्ड्स अफ नेपालको सह–आयोजनमा सम्पन्न भएका कार्यक्रमहरुमा खेलकुद प्रतियोगिता, रक्तदान, नेपाली भाषा तथा साहित्यिक कार्यशाला गोष्ठी, खुल्ला कबिता प्रतियोगीता, रक्तदान सम्बन्धि कविता प्रतियोगिता, निवन्द प्रतियोगीता, चिडे«न क्याम्प, युथ ट्यालेन्ट शो, बिभिन्न संस्थाको कार्यपत्र प्रस्तुती, ओम्यान फोरम, एनआरएन फोरम, नेपालमा माहाबिर पुनको तार रहित इन्टरनेट प्रोजेट प्रस्तुती, १९७२ मा नेपाल कस्तो थियो त्यसको स्लाईड सो, नेपाली पुस्तक प्रर्दशनी, कन्सर्ट, कल्चर तथा डिजे नाईट एन्माको साधारण सभा, जस्ता कार्यक्रमहरु सफलताकासाथ सम्पन्न भएका हुन् । एन्माको साधारण सभामा शुशील सर्माको नेतृत्वमा आगामी २ बर्षको लागी संम्पुर्ण कार्यसमीतीका पदाधिकारी तथा सदस्यहरु निर्विरोध चयन भएका छन् ।

सांझ आयोजित संस्कृतीक कार्यक्रम संगै भएको समापन समारोहमा भलिबल, टेबुल टेनीस, गल्फ खेलका बिजेता, प्रहद बिन्दु पन्थ निवन्द प्रतियोगीताका बिजेता, कबिता प्रतियोगिताका बिजेताहरुलाई बिभिन्न अतिथीहरुबाट ट्रफि, नगद तथा प्रमाणपत्र बितरण गरिएको थियो ।
सोही समाहरोमा सामाजिक क्षेत्रमा उल्लेख्य गोदान पुर्याउने बिशिष्ट ब्याक्तिहरुलाई खादा ओडाएर सम्मान गरिएको थियो । यसरी सम्मान हुनेहरुमा डा.बिष्णुप्रसाद श्रेष्ठ, साहित्यकार कृष्ण धाराबासी, चलचित्र निर्देशक तुलसी घिमीरे, आन्मा अफदयर घोषित हुन सफल दुर्गाप्रसाद अधिकारी, साहित्यकार बिप्लब प्रतिक, पुर्व राजदुत बिश्सेस्वरप्रसाद आचार्य, गोपालजी नेपाली, सम्मेलन प्रचार प्रशार समितीका संयोजक रमेश गुङग, कन्भेन्सन लोगो तथा वेभसाईड डिजाईनर निर्मल श्रेष्ठ, पत्रकारहरु नातिबाबु भट्ट, धनबहादुर थापा मगर र राजेश मिश्र, कृष्णमुरारी ढुङ्गेल रहेका छन् ।
१७ भन्दा बढि समिती तथा उपसमितीको अथक परिश्रममा सम्पन्न सम्मेलनको सबैले प्रशंसा गरे । बिशेष गरि चिल्ड्रेन क्याम्प, कल्चर प्रोगाम, खाना तथा ब्याबस्थापनको तयारीलाई सहभागीहरुले खुलेरै प्रशंसा गरका थिए । कार्यक्रममा सरीता गुरुङले दुवैहातले एकै चोटी आर्टगरी सबैलाई अच्चम तुल्याई दिएकी थिईन् । त्यसैगरी कोलोराडो निवासी बिके श्रेष्ठको सकृयतामा मेरीलयण्डबाट आएका कलाकारहरुको प्रस्तुती कुमारी नाच, बज्रमणी नाच, लाखेनाचले दर्शकको मन जित्न सफल भएको थियो । त्यसोत स्थानीय कलाकारहरुको प्रस्तुती पनि कम थिएन । उनीहरुले नेवारी, भोजपुरी, तमाङ शेर्पा लगायतका जात जातीको गीत तथा पहिरहनमा आनो कला प्रश्तुत गरेका थिए ।

समग्रहमा कार्यक्रम सोचे भन्दा राम्रो भएको सबैले बताए । केही प्रकृयागत त्रुटी भई धेरैकार्यक्रमहरु एकै समयमा संचालन हुदा कुनै कुनै कार्यक्रमहरुमा सहभागीहरुको संख्या न्यून देखिन्थ्यो । दुई दिन सम्मको संस्कृतीक कार्यक्रम संचालन हुंदापनि दौरा सुरुवाल टोपी र साडी चोलो बाहेक अन्य जात जातीको भेषभुषामा आउने सहभागीको संख्या सुन्य थियो । नेपालबाट कार्यक्रममा सहभागीहुन भनी कार्यक्रम संचालन भएको होटलमा पुगेर पनि रेखाथापा, शुर्दसन गौतम कार्यक्रममा देखा परेनन् ।