पुरुष हिंसा भएको भन्दै अदालतमा मुद्दा दर्ता

1348 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

jabमोरङ- मोरङ जिल्ला अदालतमा पहिलोपटक पुरुष हिंसाको मुद्दा दर्ता भएको छ ।

श्रीमती र छोराछोरीबाट घरेलु हिंसा भोग्नुपरेको भन्दै विराटनगर १९ का खेम लोहनीले मोरङ जिल्ला अदालतमा पहिलोपटक मुद्दा दर्ता गराउनुभएको हो ।

स्थानीय सनराइज बोडिङ स्कुलका सञ्चालक ५४ वर्षीय लोहनीले ४५ वर्षीया पत्नी सुधा लोहनी, छोराहरु २८ वर्षीय रविराज २६ वर्षीय बिप्रव र २३ वर्षीया छोरी अदैतालाई प्रतिवादी बनाउनुभएको छ ।

लोहनीले श्रीमती सुधा र छोराछोरीले आफूलाई हेलाहोचो गरेको, मानसिक यातना दिई खान लगाउन नदिएको आरोप लगाउनुभएको छ । उहाँ हाल घर परिवारमा बस्न नसकेको भन्दै अलग्गै बस्दै आउनुभएको छ ।

आफूले धनसम्पत्ति खर्चेर छोराछोरीलाई गुणस्तरीय विद्यालयमा उच्च शिक्षा पढाएको तर छोराछोरीले पनि आमासँग लागेर आफूलाई हिंसा गरकाले न्यायका लागि मुद्दा दर्ता गराउन बाध्य भएको लोहनीले बताउनुभयो ।

गत साउन १२ गते पहिलोचोटी घरेलु हिंसा शीर्षकमा दर्ता भएको उक्त मुद्दा दर्ता भएको रेकर्ड पहिलो जिल्ला अदालत मोरङले जनाएको छ ।