कतार जाने कामदारसँग ‘पैसा लिनै पाइन्न’

650 पटक पढिएको

प्रकाशित मिति: २०७१, २३ चैत्र सोमबार ०८:०३

सम्पादक: धादिङ न्यूज

 

 

,चैत २३ – वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारबाट लिइने रकम गैरकानुनी रहेको खुलासा भएको  छ । कतारी श्रम तथा सामाजिक मामिलामन्त्री डा. अब्दुल्लाह विन सैल अल खुलाइफीले आफ्नो देशमा आउने नेपाली कामदारसँग मेनपावर कम्पनीले गैरकानुनी रुपमा चर्को शुल्क लिइरहेकामा नेपाल सरकारसमक्ष गम्भीर असन्तुष्टि जनाएसँगै यस्तो खुलासा भएको हो । नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका खुलाइफीले श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङलाई आइतबार भेटी आफ्नो सरकारका तर्फबाट असन्तुष्टि जनाएका हुन् । राज्यमन्त्री गुरुङले कतारमा जाने नेपाली कामदारले तिर्नुपर्ने शुल्क घटाइदिन आग्रह गरेपछि जवाफमा खुलाइफीले आफ्नो देशमा कामदारसहित शुल्क लिने कानुनै नभएको भन्दै असन्तुष्टि जनाएको स्रोतले बतायो । कतारमा काम गर्न आउने कुनै पनि विदेशीले खर्च बेहोर्नै नपर्ने भनी खुलाइफीले बताएपछि भेटघाटमा सहभागी नेपाली टोली चकित भएको थियो । मन्त्री खुलाइफीले कामदारबाट शुल्क लिनु कतारी कानुनबमोजिम अवैध भन्दै शुल्क लिने कामै बन्द गर्न गुरुङलाई आग्रह गरेका थिए ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७१, २३ चैत्र सोमबार ०८:०३ मा प्रकाशित