मलेसियामा एक नेपाली युवतीले गरीन् आत्महत्या

631 पटक पढिएको

प्रकाशित मिति: २०७२, ६ बैशाख आईतवार ०८:०३

सम्पादक: धादिङ न्यूज

 

 

रोजगारको शिलशिलामा मलेशिया आएका एक नेपाली युवतिले यही १७ तारिक शुक्रबार झुण्डेर आत्माहत्या गरेका छन। पाल्पा जिल्ला घर भएका सिमा कुमारी मगरले बाथरुममा झुन्डेर आत्महत्या गरेका थिए।

मलेसियाको राजधानि क्वलालाम्पूर नजिकै रहेको सेलेङगोर राज्यको साहआलममा रहेको सेक्सन बिष त्ब्त्ब्थ्ब्ःब् ऋइःएब्ल्थ् मा कार्यरत सिमा कुमारी मगरले हिजो अप्रिल १७ तारिक, बाथरुममा झुण्डेर आत्महत्या गरेको स्रोतले जनाएको छ। कम्पनिको नियमित काम सकेर बेलुका साढे नौ बजेको समयमा होस्टेलमा पुग्नु बितिकै सिमाले बाथरुममा गएर घाटिमा पासो लगाई झुण्डिएर आत्म हत्या गरेको सोहि कम्पनिमा कार्यरत दिवश पुन, आशा राईले बताउनु भएको छ ।

मलेसियमा रोजगारको शिलशिलामा एक बर्ष अगाडी मात्र मगर मलेसिया आएका थिए । अन्दाजी ३० बर्षिय सिमाले आत्म हत्या गर्नुको रहस्य खुल्न सकेको छैन भने मृतक मगरको सब पोष्टमारटमको लागी केलाङ् अस्पतालमा राखिएको राईले बताएकाछन्।

 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७२, ६ बैशाख आईतवार ०८:०३ मा प्रकाशित