सुनको मूल्य आज पनि बढ्यो

372 पटक पढिएको

२ आश्विन २०८०, मंगलवार ११:५१ सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – सुनको भाउ बढेर आज तोलाको एक लाख १३ हजार रुपैयाँमा पुगेको छ । आजको भाउ हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले धेरै हो ।

हिजो सुनको भाउ तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि बढेको छ ।

तोलामा ५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।