सुन आज तोलाको १ लाख ८ हजार ६ सय पुग्यो

292 पटक पढिएको

२२ आश्विन २०८०, सोमबार १२:०० सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । सुनको भाउ लगातार बढ्दै तोलाको १ लाख ८ हजार ६ सय रुपैयाँमा पुगेको छ । आजको यो भाउ हिजोको भन्दा तोलामा एक हजार रुपैयाँले धेरै हो । हिजो सुनको भाउ तोलामा १ लाख ७ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि आज बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ४५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।