सुन आज तोलाको एक लाख १५ हजार ९ सय रुपैयाँ पुग्यो
287 पटक पढिएको
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य स्थिर भएर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।
गत शुक्रबार पनि छापावाल सुन प्रतितोला एक लाख १५ हजार ९०० रुपैयाँमा नै कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।







