नेप्सेमा आज हरियाली छायो

397 पटक पढिएको

२० कार्तिक २०८०, सोमबार १६:४८ सम्पादक: धादिङ न्यूज

काठमाडौं। शेयर बजार परिसुचक नेप्सेमा आज हरियाली छाएको छ। साताको दोस्रो कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक २१.३० अंकले बढेर १८४७.५४ को विन्दुमा पुगेको छ।

यस दिन २८३ धितोपत्रको ३५ लाख ५५ हजार ६७० कित्ता सेयर ९३ करोड ८९ लाख २९ हजार ४० रुपैयाँमा किनबेच भएको छ। सेन्सेटिभ इन्डेक्स पनि ०.९४ प्रतिशतले बढेर ३५५.७३ को विन्दु कायम भएको छ।

आज सबै उपसमूहको समूहगत सूचकमा हरियाली देखिएको छ। १३ वटा उपसमूहमध्ये सर्वाधिक होटेल तथा पर्यटन उपसमूहको समूहगत सूचक सर्वाधिक ३.७३ प्रतिशतले बढेको छ ।

हाथवे इन्भेसमेन्ट नेपालको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ। लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ४.२८ प्रतिशतले घटेको छ।