बढ्यो सुनको मूल्य

303 पटक पढिएको

२१ मंसिर २०८०, बिहीबार १२:०७ सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा एक लाख १८ हजार ६ सय रुपैयाँ तोकिएको छ । हिजो एक लाख १८ हजार चार सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ ।  हिजो तोलाको एक हजार चार सय ८० रुपैयाँ रहेको चाँदीको मूल्य आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।