तीन सयले महँगिएको आज सुनको मूल्य

261 पटक पढिएको

२९ मंसिर २०८०, शुक्रबार १२:३६ सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – सुनचाँदीको भाउ आज पनि बढेको छ । हिजो तोलामा एकैदिन दुई हजार ८ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि तीन सय रुपैयाँले महँगिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख १९ हजार एक सय रुपैयाँ छ । हिजो तोलाको एक लाख १८ हजार ८ सय रुपैयाँ थियो ।

गएको १८ गते सोमवार सुन अहिलेसम्मकै महँगो तोलामा एक लाख २१ हजार ६ सय रुपैयाँमा पुगेको थियो । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर एक हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।