पेट्रोल र डिजेलको मूल्य ३-३ रुपैयाँ घट्यो
229 पटक पढिएको
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले हिजो शुक्रबार एक विज्ञप्तिमार्फत पेट्रोल र डिजेलको मूल्य घटेको जनाएको हो । पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ३-३ रुपैयाँ घटेको छ ।
घटेको मूल्य शुक्रबार मध्यरातिदेखि लागु हुने छ । नयाँ मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६७ र डिजेलरमट्टितेल प्रतिलिटर १५७ रुपैयाँ पर्नेछ ।







