चार सयले घट्यो आज सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?
277 पटक पढिएको
काठमाडौं । सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ । चार दिनदेखि घटबढ नभएको सुनको भाउ आज घटेर तोलाको १ लाख १८ हजार रुपैयाँ पुगेको छ । हिजो सुनको भाउ तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ रहेको थियो।
आज चाँदीको भाउ भने बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ २० रुपैयाँले बढेर तोलाको १४ सय रुपैयाँ कायम गरिएको छ।







