सुन आज तोलामा १ लाख १८ हजार ६ सयमा कारोबार हुँदै

298 पटक पढिएको

२४ माघ २०८०, बुधबार १२:२० सम्पादक: धादिङ न्यूज

काठमाडौँ । सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ६ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार ६ सय रुपैयाँ पुगेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा ६ सय रुपैयाँले नै बढ्दै १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तर यता चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।