कतिमा हुँदै छ आज सुनचाँदीको कारोबार ?

296 पटक पढिएको

२६ माघ २०८०, शुक्रबार १३:५१ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।