आज सुनचाँदीकै मूल्यमा गिरावट

317 पटक पढिएको

२ फाल्गुन २०८०, बुधबार १३:०७ सम्पादक: धादिङ न्यूज

काठमाण्डौ – सुनको भाउ आज तोलामा एक हजार दुइ सय रुपैयाँले घटेको छ । हिजो तोलाको १ लाख १७ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा एक हजार दुइ सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ ।  तोलामा  ३० रुपैयाँ घटेर चाँदी आज १३ सय ६५ रुपैयाँ कारोबार भइरहेको  महासङ्घले जनाएको छ ।