कतिमा हुँदै छ आज सुनचाँदीको कारोबार ?

306 पटक पढिएको

१२ चैत्र २०८०, सोमबार १२:५८ सम्पादक: धादिङ न्यूज

काठमाडौं । सुनको मूल्य आज तोलाको दुई सय रुपैयाँले बढेको छ ।

शनिवार र आइतवार सार्वजनिक बिदा हुनु अघिल्लो दिन शुक्रवार तोलाको १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज दुई सय रुपैयाँले बढेर तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदीको भाउ तोलाको १ हजार ५ सय १५ रुपैयाँ तोकिएको छ ।