शेयर बजार आज ६ अङ्कले घट्यो

189 पटक पढिएको

१९ चैत्र २०८०, सोमबार १६:१२ सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – शेयर बजार आज पनि घटेको छ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव २६ अङ्कले घटेर २ हजार १२ दशमलव ०७ विन्दुमा झरेको छ ।

आज होटल तथा पर्यटन र व्यापारबाहेक सबै समूहको शेयर घटेको छ । आज रिभर फल्स पावर कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले ओरालो लागेको छ ।