नेप्से परिसूचक आज सामान्य अंकले बढेर बन्द

81 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार आज नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ विन्दुमा कायम भएको छ। नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने हिजोको तुलनामा बढेको छ।  अघिल्लो दिन नेप्से ९.५४ अंकले घटेको थियो। सो दिन ३ अर्ब ७० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
यसदिन ३१५ कम्पनीको ८२ लाख ८२ हजार ५५६ कित्ता सेयर ४ अर्ब  २३ करोड  ३८ लाख १६ हजार ४०३ रुपैयाँमा खरिदबिक्री भए। सामान्य अंकले बढेको सेयर बजारमा तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो। हिमालयन लघुवित्त वित्तीय,जाल्पा सामुदायिक लघुवित्त वित्तीय र सृजनशील लघुवित्त वित्तीयको सेयर १० प्रतिशतले बढेको हो।