नागढुंगामा हुने जाम हटाउने काम प्रभावकारी हुन सकेन

626 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, भदौ ३१ – काठमाडौं छिर्ने मुख्य नाका नागढुंगा सडकखण्डमा हुने जामको समस्या छिट्टै हट्ने सरकारले दावी गरेपनि त्यस अनुसारको काम हुन सकेको छैन

। सरकारले सडक मर्मतको कामलाई तीब्रता दिएको बताएपनि काम प्रभावकारी हुन नसकेको यातायात व्यवसायीले बताएका छन् । दशैंका लागि अग्रिम टिकट बुकिङ खुलाउने बेला भइसक्दा पनि बाटोको समस्याले गर्दा अप्ठेरो परेको व्यवसायीको भनाइ छ ।

नगाढुंगा सडकखण्डका विभिन्न ठाउँमा सडक मर्मत भइरहेकाले अहिले पनि कम्तीमा एकघण्टा जाममा बस्नुपर्ने बाध्यता छ । गाडी धेरै ओहोरदोहोर हुने सडकमा मर्मतको काम नसकिँदा टिकट बुकिङ व्यवस्थित गर्न समेत कठिनाइ भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष सरोज सिटौलाले बताउनुभयो ।

महासंघले मंगलबारदेखि ६ गतेसम्म टिकट बुकिङ खुला गर्न मातहतका संघ संस्थालाई निर्देशन दिइसकेको छ । यात्रुहरुले विहानदेखि टिकट काउण्टरमा सम्पर्क गरेर टिकट बुक गर्न सक्ने सिटौलाले बताउनुभयो ।

चाडपर्वको मुखमा सरकारले पेट्रोलियम पदार्थको भाउ बढाउनु, सडकको काम समयमै नसक्नुले विगतका वर्षमा जस्तै यसवर्ष पनि यात्रुले समस्या झेल्न बाध्य हुने यातायात व्यवसायीको भनाइ छ । तर सरकारले भने पहिलाजस्तो नागढुंगामा समस्या नहुने दावी गरेको उज्यालो अनलाइनमा खबर छापिएको छ् ।