सौर्य ऊर्जा उत्पादन गर्न आइडिएको १३ अर्ब सहयोग
791 पटक पढिएको
![](https://dhadingnews.com/wp-content/uploads/2015/02/solar1.jpg)
सन् २०१५ भित्रै २५ मेगावाट सौर्य ऊर्जा उत्पादन गरी काठमाडौँ उपत्यकामा आपूर्ति गरिने उक्त परियोजना नेपाल विद्युत् प्राधिकरणले कार्यान्वयन गर्नेछ ।
ऋण सहयतासम्बन्धी सम्झौतापत्रमा शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाता र अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनीले हस्ताक्षर गर्नुभयो ।
नेपालको गहिरिँदो ऊर्जा सङ्कट केही भए पनि घटाउने उद्देश्यले सहुलियतमा उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराइएको बताउँदै देशीय प्रबन्धक कामाताले जलविद्युत् उत्पादन नेपालको विशेषता एवम् प्राथमिकता हो भन्नुभयो ।
अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुखसमेत रहनुभएका सहसचिव मरासिनीले नेपालको सामाजिक-आर्थिक विकासमा विश्व बैंकले निरन्तर सहयोग पुर्याएकोमा सरकारका तर्फबाट आभार प्रकट गर्नुभयो अर्थ दैनिक अनलाईनले खबर लेखेको छ ।