पुस्तक एवं पठन संस्कृतिको महिमा !

732 पटक पढिएको

सम्पादक: Dhadingnews.com

बद्रीप्रसाद दाहालimages badri
पुस्तक  संस्कृत  भाषाबाट  आएको तत्समशब्दहो । जसलाई  पोथी , ग्रन्थ, किताब , पुस्त, वा आआफ्ना विचार– विषय– ज्ञान–विज्ञान  आदि कुराको  लिपिबध्द  ठेलीभन्ने  बुझाउ‘छ ।  पुस्तक सरस्वतीको प्रतीकभएकोले  नै  हामी वर्षेनि  सरस्वतीको पूजागर्ने  दिनअर्थात् श्रीपञ्चमी वा वसन्तपञ्चमीमा दराज र आलमारी  भरी  राखिएका  पुस्तक, वाद्यवादन , कलम र संबन्धित उपकरणहरुको  पूजा गर्दछौं । त्यसै गरी दसैंमा अर्थात् विजयादशमीको  दिनपनि देवदेवीलाई  राताअक्षता  पु‘डो  सारेपछि  पुस्तकहरुलाई  पनिपूजा  गरेर आफ्नो  मूलद्वारमा  राताअक्षता  सुन्दर  ढङ्गले  टॉस्छौं । प्रतिदिन पाञ्चायन  पूजास‘गै  पुस्तक अर्चना हामी सबैको  दैनिकी  नै  हो । हाम्रो गाउ‘घरमा अझै  पनि चर्को रुपमा  के विश्वास  छ भने जसको घरमा वेद, पुराण , रामायण , महाभारत र अन्य  पुस्तकहरु छन्  भने  त्यो  घरमा  छेदभेद भाग्दछ । कालावीरदेखि  अनेक रङकावीर पीर  मानेर एकछिन  पनि  अड्न सक्तैनन् । निश्चय नै पुस्तकधनीेमाआर्जित  ज्ञानको  उज्यालोले  अन्धविश्वास , रुढी , कुप्रथा र अनावश्यक भयबाट यसले त्राण  दिई  आत्मविश्वासमा  प्राण  भर्ने  कामगर्दछ । त्यसैले  त अनादिकालदेखि नै पुस्तक र यसको पठन महिमालाई सबैले  मुक्त  कण्ठले  प्रशंसा  वर्षाएका  छन् ।
भारतका  राष्टपिता  महात्मागान्धी अत्यन्त अध्ययनशील थिए । उनीभन्थे —‘ पुस्तक रत्न भन्दापनि मूल्यवान्  वस्तु  हो , रत्नले मान्छेका बाह्य अङ्गहरुलाई  चमक दिन्छ भने पुस्तकले  अन्तष्करण उज्ज्वल  र  झलमल पारिदिन्छ । ’ नेपालका प्रसिध्द मनोवैज्ञानिक  साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाले आपूm  सुन्दरीजल   जेलमा   बसेको  बेला  लेखेको  आफ्नो  जेलजर्नलमा पोखेको यो अनुभूति कथन कतिमीठो छ — ‘ घरबाट आएका किताबहरुलाई  सुम्सुम्याए‘ , नयॉ  किताब  तरुणी  हुन् , तिनलाई  आपूmमा चुर्लुम्मपार्नु भन्दापहिले  तिनीहरुलाई  सुमसुम्याउनु  पर्छ , यताउति वोल्टाई पल्टाई  हेर्नु पर्छ । एउटा  आशा र उत्कण्ठाको सरसरी  नजर माथिदेखि  तल सम्महाल्नु पर्छ  अनियसो सुङ्नु  पर्छ । ’ यो बिम्बात्मन भनाइमा उनको पुस्तकपठनको  पारखी पनलाई  राम्ररी  बुझ्न  सक्छौं । यिनले  त पुस्तक नियमित अध्ययनन गर्नेहरुभुत्ते  हतियारजस्तै हुन्छन्  त्यसैले  आपूmलाई  पाइन लगाउन अध्ययन अत्यावश्यक  छ  भनेर  किटानी  गरिदिएका  छन् ।
प्रसिध्दनोवल  पुरस्कार विजेताजर्ज बर्नाड शा पुस्तकका महिमागाउ‘दै  कस्ता खालका पुस्तक अध्ययनका निम्ति  छान्नुपर्छ  भन्ने  जनाउ यो उक्तिमा  दिन्छन् — ‘ विचारको  युध्दमा पुस्तक एक सशक्त अस्त्र हो । पढ्नुपर्छ  भन्ने कुरा  सबैलाई  थाहा छ तर  के पढ्नु  पर्छ  भन्ने   कसैलाई  थाहा  छैन । ’ यो भनाइले एकातिर पुस्तकीय आदर्शलाई  उतारेको  छ  भने  अर्कोतिर लिओ टाल्सटायको ‘ नराम्रो  पुस्तकको पठन बिखजस्तै हुन्छ ।’ भन्ने  गद्गारलाई  आत्मसात  गरेको छ । पुस्तकमा विद्यमान शक्तिलाई पारख गरेका भारतका लोकमान्य गङ्गाधर  तिलकले पुस्तकको गरिमा यसरी  ओकले — ‘ म नर्कमा पनि उत्तम पुस्तकको  स्वागतगर्नेछु , किनकि यसमा त्यो शक्ति  छ  जहॉ पुस्तक  छ  त्यहॉ स्वतः स्वर्ग  हुन्छ ।  त्यसैले जन्मजन्मान्तरको  मित्र पुस्तक ज्ञानको असीम भण्डार पोथी , भौतिक र आध्यात्मिक समुद्रको महाग्रन्थ पुस्तकको  जतनगर्दै उचित पुस्तक  पठनको बानीबसाल्न  सबै क्षेत्रका  बुजू्रकहरु  जुर्मुराउनु  पर्छ । त्यसमा पनि शिक्षा क्षेत्रमा कार्यरत नीति निर्माता, योजनाविद् , प्रशासकहरु  पठन संस्कृतिमा अब्बलहुनु  शुभ  सभ्यताको सूचकहो । झन शिक्षक , प्राध्यापक  र विद्यार्थीहरु त यसबाट  निरपेक्ष  रहे भने  त्यो डरलाग्दो  अपराध  हुन्छ । अतः पठन संस्कृतिको विकास  गर्दै त्यसलाई अभ्यासमा पनि उतार्ने  बानीबसालौं । पुस्तक  सबै  समय भेट  हुने गुरु  हुन् ।
समाप्तम्