वैद्यको घट्दो राजनीतिक साख जोगाउन चुनाबमा सहभागिताअपरिहार्य !

684 पटक पढिएको

सम्पादक: Dhadingnews.com

बद्रिप्रसाद दाहाल
हिजो  माओवादी  वृत्तमा  सुप्रिमो  प्रचण्डलाई  साइजमा ल्याउन  भट्टराई , बादल  र वैद्यको  गठजोड अपरिहार्य   भनेर  निकै  चर्चा  चल्दथ्यो । संभवतःत्यो  राजनीतिक  गणित  यतिखेर धेरै  प्रति–सत मिलेको  अनुभव  भैरहेको  छ । किनकि  पार्टीमा हाइकमान जमाउन प्रचण्डबाहेक  अरुको  तागत नचलेको राम्रैसित सिध्द भयो । यसरी  वैद्य  र बादललाई  पार्टीबाट  पर्गेलेर पार्टी  केन्द्रीय  वृत्तमाआफै  हाइहाइबन्ने दाहालको  राजनीतिक चातुर्यताले  उनी भूमिगत  समयमा जत्तिकै शक्तिशाली बनेका  छन्  यतिखेर । उनलाई सन्तुलनमा ल्याउने  दुइ बलशाली व्यक्तिहरु एमाओ  पार्टीबाट  अलग्गिएका  छन्  । मूलतःमाक्र्सवादी सौन्दर्य  शास्त्रका उपासक , चिन्तक , प्रचण्ड लगायतका नेताका  गुरु र पदीय सत्तालाई  गौंण  मान्ने वैद्य दर्शननिष्ठामा   हुर्किएको  व्यक्तित्वहो । अर्का  रामबहादुर  थापा – (बादल )  जो  सांगठनिक कुशलताप्राप्तदक्ष  संगठक  भनेर दलभित्र चिनाइन्थ्यो उनी पनिआफ्नो  मौलिकता  राख्नसिपालु  नै  छन् । बाबुरामलाई  कार्यदिशाबोक्ने  मेधाभएका  , सदाचारी र बोलेको  कुरा  अत्यधिक  पूरा  गर्ने भनिन्थ्यो , तर उनले  १८ महिना  प्र मं भएर  यो  भनाइलाई  मिथ्या प्रलापसिध्द  गरे । त्यसैले  त यतिखेर पार्टीमाउनको  साखशून्य  डिग्रीमा  पुगेर हलचलहुन  सकेको  छैन । सबभन्दा  अनैतिक , पक्षपाती , फरियावादभनेछि  हुरुक्कहुने , सदाचारको  ढोंग  रच्नखप्पिस  र राष्टघातमा सबै  अगुवालाई  जित्ने भ्रष्ट  शासकको क्षुद्र पहिचान बनाएकाले उनको सक्कली  रुप हरेक  नेपालीलाई  कण्ठै  भै सक्यो । त्यसैले  त  प्रचण्डले पार्टीमाएक्लै खुट्टो  घुमाउने  अवसर  पाइरहेका  छन् ।

यतिखेर वैद्य  माओवादीले  कम्रेड  माओको भनाइ ‘ सिध्दान्तविनाको  व्यवहार अन्धो  हुन्छ , व्य–वहारविनाको  सिध्दान्त  लङ्गडो  हुन्छ । ’ भन्ने  अकाट्य  उक्तिलाई  काटेर समयको  पदचापलाई  सुन्न  सकिराखे–को  छैन  । सङ्गीन  संक्रमणको  यो  बेला देशमा निर्वाचन बाहेक  निकासको  अर्को उपाय नभएको  बुझ्दाबुझ्दै पनि  त्यसबाट  भाग्न  यो  समूहले  गरेको  बालहठ  उदेकलाग्दै छ । उनीहरुले  राखेका मागहरुलाई  हदैसम्म ल–चिलो  भएर सरकार  र चार दल प्रस्तुतहुने  अठोट  गर्दा  गर्दै  पनि वार्तामा भागलिएर बृहत्  गोलमेचमार्फत आफ्नो भूमिका प्रदर्शन  गर्नबाट  पर  हट्नु माओले  भनेझैं व्यवहारबिनाको  सैध्दान्तिक  जडसूत्रता हो । वास्तवमा फ्रेममा  सजाइने  सिध्दान्त भन्दा व्यवहारमा आस्वाद्य लाग्ने कुरा  नै  जनताका हार्दिक मित्रहुन  सक्छन् ।व्यवहा–रपरक  राजनीतिलाई  संवरण  गरेर  दलदर्ता  गराई  जनताको घरदैलोमा पुग्न बीमाओवादीले  विलम्बगर्नु उनीहरु  कै  लागि  घाटा  हो । वीमाओबादीले  जतिसुकै  जनक्रान्तिको  ढ्वॉस  पछारे  पनिएक्काईसौं  शताब्दीबीसौं  शताब्दीतिर वोर्लनेवाला  छैन ।  वैश्विकग्रामको  यो  समयमाएउटा  विपन्न  देशको जिम्मेदार नेताहरुले आफ्नो  राष्टिय  स्वार्थलाई  नहेरी  झर्रा  शब्दमा सहयोगीमित्र  राष्टहरुलाई  आक्षेप र  जुगुप्सा  छेप्ने क्षुद्रता बीमाओवादीको अशिष्टताकै  द्योतकहो । छिमेकी अझविशेष  गरेर  भारत अनिमहाशक्ति र  शक्ति  राष्टहरु–माथि सीमातीत  सत्तोसरापभित्र  राष्टियताको  सुगन्धितपूmल  फुल्छ  भन्नु  भुलमात्रहो ।

यतिखेर बीमाओवादी  केन्द्रीय  स्तरमावार्ता  र  स्थानीय  स्तरमा बहिष्कारको आन्दोलन स‘गस‘गै लैजाने  कार्यनीति बनाएर  हिंडेको  छ । उनीहरुको  दाबी  छ — ‘राष्टिय   स्वाधीनता सहितको  संघीय  गणतन्त्र–को  पक्षमामाहोल  बनाउनआपूmहरुले  अलग— अलग दुइ कार्यनीति लिएर  दुबै  मोर्चाबाट संघर्ष थालनी गरेको  हो । मूलतःवार्तामा एक  चैतको बाधा  अड्काउफुकाउ आदेशको  खारेजी , खिलराज  नेतृत्वको सर–कारको  बर्खास्तगी  , सर्बपक्षीय  राजनीतिक सभा , त्यही  सभामार्फत दलहरुको  नेतृत्वमा  राष्टिय  सरकार , संवि–धानको  अन्तरवस्तुको  छिनोफानो जस्ता मुद्दाहरु  सघन रुपमा  उठान  गर्ने  लक्ष्य  राखेको छ ।जनआकर्षण  गर्न उनीहरुले  राष्टियतालाई  ढाल  बनाइरहेका  छन् । उनीहरुको भनाइमायतिखेरकाचार  दललगायत केहीअन्यदललोकतन्त्रको  नाममा  नेपाललाई  सिक्किमीकरण  गर्ने , विदेशी  सत्ता र  स्वार्थ सुदृढ  गर्न  मात्रनिर्वाचनको नौ– टङ्की रचिएको  हु‘दा केन्द्रीय  र  स्थानीय  स्तरमादुइ प्रकृतिको  मोर्चा बनाइएको  हो  भन्दछन् । यसरी  विरो–धाभाषपूर्ण  कार्यनीतिअपनाएर बीमाओवादी क्रमसःआफ्नो  साखलाई  अवरोहणतिर  ध‘केलिरहेको  छ ।

बुज्रुकविश्लेषकहरु  भन्छन् — ‘ चीन , अमेरिका , भारत , युरोपियन  देशहरुलाई  आफ्नो अनुकूल र  प्रतिकूल आधारमा श्लील– अश्लील गालीगलोजले  राष्टियताको संभरण  र संरक्षण  हुने  होइन । वास्तवमा राष्टिय  हितको  संरक्षण  र संवर्धन  नै  राष्टियताको  बिम्बहो । राष्टिय  हितको संरक्षण  व्यक्तिनिष्ठ  भएर हैन वस्तुनिष्ठ  भएर  गर्नुपर्छ । आवेग ,आक्रोश र ऊग्र नारा राष्टियताका  सुरक्षा  गार्ड होइनन् । नेपालको सन्दर्भमा राष्टवादलाई  सबल  बनाउन जलस्रोत र पर्यटनको विकास अपरिहार्य  पक्षहुन् । ’ त्यसैले त जननायकबीपीले भने —‘राष्टियता  माटो  र ढुङ्गो  होइन जनता हो । ’ पण्डित  नेहरुले अझजोड दिंदै  बोले ‘ राष्टियताको अर्थ  हो  देशमा एकताहुनु , देशभरका जनता आपूmलाई  एक  परिवार  संझियून् , जहॉ जात, जाति , धर्म , नश्लमा विविधता भएनि सबैले  एक  परिवार  संझन  सकून् । ’ यसरी राष्टियताका  मामिलामा  सबै निजी पक्षहरु गौंण हुनुपर्दछ । राष्टिय  शक्तिकेन्द्रहरुलाई  हिलो   छेपेर आफ्नो  सानो  टुकडीमात्र  राष्टियताको  पहरेदार सोच्नु वैद्य  पक्षको  कूपमण्डूकता  सिबाय केही होइन । नेपालका  नेताहरुले सहमतिको  जगमा  टेकेर सहमतिकै  खिल्ली उ‘डाएको दशक हुनलागि सक्यो । सहमतिलाई  अमूर्त , भावनात्मक र  अभीप्सापरक मात्र बनाएर  हु‘दैन । यसलाई त  अभ्यासमूलक एवं कार्यान्वयन परक  बनाउनु  मै  सार्थकता  हुन्छ ।

नीतिमा भनिएको छ — ‘ उपायविजयं श्रेष्ठ , आहुर्भेदेन  मध्यमम् । जघन्य एषविषयो , यो युध्देन विशाम्ंपते ।। ’ अर्थात्  प्रेमले  जित्नु  उत्तमहो  भने  भेदले विजयप्राप्तगर्नु  मध्यम  ठहर्छ , लडाइ‘  गरेरै जित्नखोज्नु  अधमवा  तुच्छ  हो । यो कथनलाई  वैद्यजस्ताद्वन्द्ववादीवामन्थनवादीले  विवेक पु¥याउन जरुरी छ  यो  बेला ।  यतिलामो   समय सम्म जनता र देशको  नाममा  राजनीति  गरेको गर्व  गर्ने वैद्यले कथित जनयुध्दका सत्रहजार  सहिदको आत्मालाई  हेक्कागर्न  होसियार  हुनैपर्छ । मात्र जडसूत्रवादी , कठमुल्ला संस्कृति र एकलकाटे  सोचले  वर्तमान  संक्रमण  पार  लाग्नेवाला  छैन ।  ‘सयौं  पूmलहरु  फुल्न  देऊ’भन्ने  स्वयं  माओको कथनभित्रबहुलवादको  आमन्त्रणा  भेट्टाइन्न  र ? यसैले दोश्रो  संविधानसभाको  निर्वाचनलाई  उपयोग गरी एतत्कालीनजनचाहनालाई  कदर  गर्ने  दिशातिर  वार्तालाई  केन्द्रित  गराउनु वैद्यको  अब्बलउपचार अभियानहो । भन्छन् — ‘ विचारको  अजीर्ण’ भोजनको  अजीर्णभन्दा  धेरै  नराम्रो  हुन्छ , किनकि ‘ भोजनको अजीर्ण ’ –को त  औषधि  हुन्छ  तर  विचारअजीर्णको  यो  संसारमाऔषधि  नै  छैन  यसले त आत्मालाई  हानि पु¥याउ‘छ । चार दलहरुको  लचकता , सरकारको  सुझबुझ , मित्र राष्टहरुको  चुनाबहुन सकोस् भन्ने  सदिच्छा र जनताको निर्वाचनप्रतिको  सकारात्मकझुकाब  सबैलाई  विश्लेषण  गरेर कालिकयथार्थमाजानु बीमाओवादीको राजनीतिक साखजिंउ‘दो  बनाउनु  हो । अनिचार दल र सरकार पनिनिर्वाचनको  विपक्षमा  रहेकादलहरुकामागहरु संबो–धनगर्न  कन्जुस्याइ‘  नगरी मूर्त  सहमतिकायम  गरेर  जनताका ताजा अभिमत लिन विलम्बन गर्नु अहिलेको राष्टिय  आवश्यकताहो भन्ने सुचेतनामा पुगून् । राष्टिय सहमतिमै  चुनाबी  यज्ञ निष्पन्नहुन सक्छ । अन्यथा वीमाओवादीको  राजनीतिक  ऐश्वर्य गुम्ने  मात्र नभएर देशकै  अखण्डतामा  कालो  बादल  मडारिने निश्चित छ ।
समाप्तम्