आज नागपञ्चमी , घरका ढोकामा नागको चित्र टाँसी नागपञ्चमी मनाईंदै

656 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं/ हिन्दु परम्परा अनुसार श्रावण शुक्ल पञ्चमीका दिन  नाग पञ्चमी पर्व मनाइने गरिन्छ । यस दिन घरका मूल ढोकामाथि नागका तस्बिरमा विधिपूर्वक पूजा गर्ने परम्परा छ । दही, दुबो, लावा सहित चन्दन, अक्षता, नैवेध, धूप, दीप पूजा गरी घरमा नागको तस्बिर टास्नाले मेघ, सर्प र अग्निको भय नहुने विश्वास छ । नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, र शंख नाग पूजा पञ्चमीका दिन गरिन्छ । घरका ढोकामा नागको चित्र टाँसी आईतबार नागपञ्चमी पर्व मनाईंदैछ ।

नागपञ्चमीका  दिनnag नागका अष्टकुल अर्थात अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको चित्रमा दूध, दही, अक्षता, फूल र दुबोले पूजा गरी दूध र लावाको नैवेद्य चढाउने गरिन्छ ।

नागको चित्रलाई यसरी पूजा सहित घरको मूल ढोकामाथि टाँस्नाले घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको पनि डर नहुने धार्मिक मान्यता छ । वर्षायाम सकिएलगत्तै जमिनमा सर्प देखिने भएकाले यतिबेला नागलाई पूजा गरेमा सर्पदंशबाट बच्न सकिने विश्वास पनि छ ।हिन्दू धर्ममा नागलाई शिव र विष्णुका रुपमा पूजा गरिन्छ । नाग पञ्चमीको दिनदेखि बर्षायाम समाप्त भई हिउँद सुरु हुने विश्वास गरिन्छ । ज्योति शास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । भूमिमा नाग देवताको बसोवास हुने र भूमि खन्दा नागलाई कष्ट हुने सम्भावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैन ।

नागपञ्चमीका  दिन  ललितपुर धापाखेलको नागदह, काठमाडौं नक्सालको नागपोखरी, पशुपति लगायत ठाउँमा बिहानैदेखि भक्तजनको घुईंचो लागेको छ । आजको दिनदेखि वर्षायाम समाप्त भै हिउँदयाम शुरु भएको मानिन्छ ।