“दुरुपयोग” भएका ल्यापटपहरुबारे
681 पटक पढिएको
गत अगष्टको पहिलो सातातिर कोरियाको हानयाङ विश्वविद्यालयमाशैक्षिक प्रविधि सम्बन्धि सत्रहरुमा सहभागी भैररहँदा कोही साथीले ईमेल गरेको यो“दुरुपयोग भएका ल्यापटपहरु बारे” कोखबर पत्रिकामा हेरेको थिएँ । फेरि यहाँ आइपुगेपछि धादिङबेशीजाँदा शिक्षा कार्यालयका कोही साथीहरुले सोही विषयमा सार्वजनिक सुनुवाई भएको पनिसुनाउनुभयो। सबै मानिसहरुले के धारणा बनाएको पाएँ भने वास्तवमा सो (ल्यापटप)सदुपयोग भएको छैन। सो सम्बन्धमा कसैले केहि प्रतिवाद गरेको पनि सार्वजनिक मिडियामापाइन। म एकजना सो ल्यापटप प्राप्त गर्नेशिक्षाकर्मीको नाताले मैले सो सामाग्री के गरेँ र के गरिरहेकोछु भन्ने बारेमा सार्वजनिकजानकारी गराउनु आफ्नो दायित्व ठानेर यो लेख लेखेको हूँ । आशा छ अन्य साथीहरुलेपनि यो मामिलामा आफ् आफूले सो बारेमा जानकारी गराउनुहुनेछ।
तीन वर्ष अघि २००८ को मे महिनातिर जिल्ला शिक्षाकार्यालयले सबै स्रोतकेन्द्रहरुलाई कम्प्युटरिकृत गर्ने कार्यक्रम ल्याउँदाडेस्कटप भन्दा ल्यापटप उपयुक्त हुन्छ भनेर सल्लाह दिनेहरुमध्ये म पनि एकजना थिएँ ।सधै फिल्डमा अनुगमन र सुपेरिवेक्षण गर्नुपर्ने श्रोतशिक्षकहरुलाई एकठाउँमा रहनेडेस्कटप भन्दा त एकचोटी विजुली चार्ज गरे पछि केहि घण्टा काम गर्ने र हलुंगो पनिहुने भएकोले लिएर उकालो ओरालो गर्न सकिने भएकोले ल्यापटप चाहिँ उपयुक्त आशा गरिएकोथियो। क-कसले त्यसको उपयोग कसरी गरे म व्यक्तिगत रुपमा नै भन्न सक्दिन तर त्योनिर्णय बेठिक नै थियो भन्ने मलाई लाग्दैन। तर त्यो निर्णय आलकाँचो थियो भन्नेअहिले लाग्दछ। अझ त्यो निर्णय हामी कम्प्यूटर नबुझ्ने मानिसहरुले गरेको भन्ने चाहिँजो कसैले बुझ्नसक्दछ।
मैले यो ल्यापटप नेपाल शिक्षक युनियनको धादिङ जिल्ला अध्यक्षकोहैसियतले प्राप्त गरेको थिएँ। जिल्ला शिक्षा समितिले सो ल्यापटपको स्वामित्वविद्यालयमा रहने भनी निर्णय गरेको आधारमा सो ल्यापटप मेरो विद्यालयको जिन्सिखातामा प्रविष्ट गराएकोछु। साथमा प्राप्त गरेको प्रिण्टर पनि मसंग सुरक्षितरहेकोछ। मल्टिकलर प्रिण्टर भएकोले त्यसको प्रयोग अलिक खर्चिलो हुने भएकोले त्यतिप्रयोगमा ल्याउन सकिन। मैले नेट चलाउने डिभाइस लिएको छैन। पहिलो लटमा मेरो भागनपुगेको र दोस्रो लट आइपुग्दा मैले विध्यालयबाट अध्ययन विदा लिई सकेकोले सो सामाग्रीमैले शिक्षा मन्त्रालयको प्रांगण काठमाण्डौमा तत्कालिन जिल्ला शिक्षा अधिकारीकोहातबाट बुझिलिएको हूँ। ल्यापटप अहिले पनि सुरक्षित र कामकाजको हालतमा छ।
मैले सो ल्यापटप बुझेर के गरें , सविस्तार वर्णन गर्न चाहन्छु।
मैलेघरमा एउटा पुरानो नोटबुक ( सिडि रोम नभएको ल्यापटप) बाट कम्प्युटर चलाउन थालेको २०६० तिर बाट नै हो। ०६२।०६३ को जनआन्दोलन सकिनेबित्तिकै सिडियमए प्रविधिबाट डायलअप कनेक्सन गरेर इण्टरनेट पनि जोडेकोथिएँ। सोहिबेला देखि म इमेल र इण्टरनेटको साधारण उपभोक्ता पनि हूँ। मलाई केहि मित्रहरुले तिमीलेयो हाइटेकमा गरेको खर्चको पाई पाई चुक्ता हुन्छ, नडराउ भन्थे। म हौसिँदै खर्चगरिरहेकोथिए र उत्साही पनि थिएँ। मैले शिक्षण पेशा गर्नेले नजानी नहुने भनेर साथीभाईकोसिफारिसमा वर्ड र एक्सेलका आधारभूत सीपहरु, गुगल सर्च इञ्जिनको प्रयोग, पावरप्वाइण्ट स्लाइड निर्माण र प्रयोग आदि जानिसकेको थिएँ। केहि हदसम्म त्यहि पहूच रसिप प्रयोग गरेर काठमाण्डौ विश्वविद्यालयको छात्रवृत्ती प्राप्त गरेर अध्ययनगर्नथालेपछि मेरो पेशागतसीपले गति लिएको महशूस गरेकोछु। नेपालको गाउघरको एउटासामुदायिक विद्यालयमा पढाउने म अहिले संसारका औसत शिक्षकहरुले आफ्नो पेशागत काममा प्रयोगगर्ने सूचना सञ्चारको आधुनिकतम प्रविधिहरुको प्रयोग गर्ने हैसियत बनाएकोछु। सोहिसीपहरुमा आधारित भएर केहि अन्तर्राष्ट्रिय सभासेमिनार र तालिमहरुमा सहभागी हुनेअवसर पनि प्राप्त गरेको छु। आत्मवल बढाएकोछु।
मेरो यसरी हैसियत उठाउनको लागि त्यही ल्यापटपलेसा-है ठूलो योगदान गरेकोछ। साथै काठमाण्डौ विश्वविध्यालयको शिक्षण प्रशिक्षण विधिर त्यहाँ प्रयोग हुने तुलनात्मक रुपले शक्तिशाली ईण्टरनेटले सहयोग पु॒-याएकोछ।काठमाण्डौ विश्वविद्यालयको स्कूल अफ एडुकेशनले विध्यार्थीहरुको कार्य अनिवार्यरुपमा डिजिटल भर्सनमा मात्र स्विकार्ने र त्यसमा पनि अन्तर्राष्ट्रिय स्तरको एपिएफर्म्याटमा मात्र बुझ्ने भएकोले मैले वर्डमा धेरै कुरा सिक्न वाध्य भऐँ। त्यसै गरीनियमित रुपमा गर्नु पर्ने डिजिटल पृजेण्टेशनले मलाई पावरप्वाइण्टमा सिपालू हुन करलगायो। इमेज र मल्टिमिडियाको प्रयोगहरु सिकायो। लेखहरु लेख्न र बिभिन्न लेखकका रचनाहरुको समीक्षा गर्नुपर्ने भएकोले गूगललगायत बिभिन्न सर्च ईञ्जिन प्रयोग गर्न सिकायो।विकिपेडिया,विकिम्यापिया,विकिभर्सिटि आदिको महत्व त्यहिँ बुझेको हूँ। प्रभावकारीकक्षा संचालन गर्न युट्युबको ट्युटोरियल विडियोक्लिप्स डाउनलोड गरेर युएसबिबाटप्रदर्शन गर्न त्यहीँ जानेको हूँ। सोसियल नेटवर्कबाट साथीभाईसंग विचार आदानप्रदानगर्न त्यहिँ सिकेका हूँ। त्यहाँबाट बाहिरिँदा मेरो फेसबूक, ट्विटर, स्काइपीका पेजहरुबाहेकदुईवटा ब्लग र एउटा वातावरण शिक्षाको क्षेत्रमा काम गर्नेहरुमाझको नियमित नेटकन्फ्रेन्सिङबाट कार्यक्रम संचालन गर्ने ग्रुप पनि बनाएको छु। आफ्नो वेबसाइटडिजाइन गर्दैछु। त्यो विध्यार्थीहरुसंग दोहोरो अन्तर्कृयात्मक संवादको लागि स्टेशनतयार हुनेछ।
मैले आजभोलि शिक्षकलाई क्लासरुम फेसिलिटेटर मात्र हैन, कक्षाकोठाको प्रोग्रामडिजाइनर मान्न थालेकोछु। अब शिक्षकले आफूले अलि अलि जानेका कुरामा कथेर कनी कनीप्रवचन गर्ने नभई संसारका सर्वोत्कृष्ठ विद्वानहरुले विषयवस्तुमा दिएका व्याख्या,पृजेण्टेशन, सामाग्रीहरु संकलन गरेर कक्षाकोठामा पस्कने हो। त्यसलाई अझ प्रभावकारीबनाउन थप के गर्ने भनेर कार्यक्रम डिजाइन गर्ने हो। सिकारूहरुलाई यो भन्दा राम्रासामाग्रीहरु संकलन गर्न, प्रदर्शन गर्न, समीक्षा वहस चलाउन लगाउने हो। त्यसविषयवस्तुलाई स्थानीय उदाहरणहरुसंग सान्दर्भिकीकरण गराउने हो। भाषाको पर्खालहरुलाईभत्काउने हो। वहसमा उठेका प्रश्नहरुको जवाफ र मुद्दाहरुलाई सरलिकृत गर्ने हो।
फेरि एकचोटि जिशिकाले बाडेको ल्यापटप तिर नैजाउँ। हामीलाई ल्यापटप दिएर राम्रो भएकै हो । तर त्यो कार्यक्रम पनि हाम्रो सरकारकोअरु कार्यक्रम जस्तै टुक्रे, खुद्रेपनको शिकार भएको हो। सबैले बुझ्ने उदाहरण भनौँहामीलाई एउटा फालि दिएर बारि जोत्न भनियो। ३ वर्ष पछि आएर सो फालिको दुरुपयोग भएकोभनेर हल्लिखल्ली भएको छ। बालि नलगाएको, धेरै अन्न नउब्जाएको भनिएको छ। नियम कानुनआदिको कोणबाट को कसले कसरि दुरुपयोग गरेका छन्, तिरुन् , मलाई केहि भन्नु छैन। तरप्राविधिक हिसाबबाट हामीलाई ल्यापटप दिनेहरुले त्योबाट केही काम गर्न पनि तालिम गराएनन्,वाध्य पारेनन् । अत्याधुनिक प्रविधिको प्रयोग गर्ने जनशक्तिको रुपमा तयार गर्नआवश्यक कार्यक्रम बनाएनन्। नेटवर्किङ गराएनन्।कुनै प्रणालीमा संलग्न हुन प्रोत्साहित गरेनन्। निति नियम आचारसंहिताको बारेमाछलफल गरेनन्। सिकाइको लागि वातावरण दिए र पाएमा केहि हुनसक्छ भन्ने उदाहरण म आफैँछु। मैले कुनै श:शुल्क कम्प्टर तालिम लिएकोछैन। कम्प्युटर सिक्न भनेर एकदिन पनिमूल काम बिगारेको छैन। शिक्षकले गर्नुपर्ने धेरै कामहरु जानेकोछु। त्यो भन्दा पनिमहत्वपूर्ण कुरा मेरो आत्मवल बढेकोले आइपर्ने समस्याहरु म सिकेर भएपनि गर्न तयार भैहाल्छु।
मैलेजिशिअसंग आफैले ती साथीहरुसंग करिब तीन घण्टा ल्यापटप सहित बस्न मिलाइदिनुहोस्, मशिक्षाकर्मीले नजानी नहुने केहि सीपहरु सिकाउन चाहन्छु भनेर अनुरोध गरेँ। नेपालीटाइप नजान्ने साथीहरुलाई युनिकोडबाट रोमानाइज्ड टाइप सिकाउन चाहन्थेँ।पावरप्वाइण्ट बनाउन सिकाउन सकिन्थ्यो, इमेल गर्न सिकाउन सकिन्थ्यो। यी मामिलामाकम्तिमा आँट भर्न सकिन्थ्यो। यो मेरो स्वयमसेवी कार्य हुनेछ पनि भनेको थिएँ। त्यो पनि मिलाएनन्। अरु केहि गरेनन्। आफैँ त किनहुन्थ्यो र ? म भन्दा धेरै दक्ष हुन सक्ने साथीहरु आज हातमा ल्यापटप लिएर तीनवर्षदेखि लगभग डिजिटल निरक्षर हुनुहुन्छ। डिजिटल प्रविधिको लागि तीन वर्ष भनेकोधेरै लामो समय हो। धेरै काम गर्न सकिने समय हो। त्यसैले त्यो निर्णय आलोकाँचो र त्यसयताको जिल्लाशिक्षा कार्यालयको नेतृत्व आफैँ शैक्षिकप्रविधि र शिक्षामा सूचना र संचारप्रविधिको तागतको बारेमा अनभिग्ञ हुन् भनेको हो।
मेरो विचारमा ढिलो त भयो तर बरबाद भइसकेकोछैन। स्रोतव्यक्ति र शिक्षक नेताहरुलाई ल्यापटप दिने त्यो निर्णय अझै पनि ठिक छ। कम्प्यूटरकोसफ्टवेयर खासै बिग्रँदैन र बिग्रेमा पनि सस्तोमा फेर्न सकिन्छ। सबै जसो ल्यापटप लिने श्रोतव्यक्ति उनै छन्। शिक्षक नेताहरुलेआफूले लिएका ल्यापटपहरु आआफ्नो कार्यकाल पछि सम्बन्धित विध्यालयहरुलाई बुझाएका होलान्।नभए बुझाउन्। त्यसपछि केहि दिनको आधारभूत तालिम चलाऊँ, आचारसंहिता निर्माण गरौं,ल्यापटप प्रयोग र सुरक्षा सम्भार सम्बन्धि निर्देशिका बनाउँ, लागू गरौँ, मासिकबैठकमा पालै सित सिकेका नयाँ सीपहरु प्रस्तुत गर्ने परिपाटी बसाऔँ, सबैले भन्दाराम्रो गर्ने साथीलाई वार्षिक रुपमा प्रोत्साहित गरौँ। धेरै थोक व्यवस्थित गर्नसकिन्छ र आफ्नो काममा गुणस्तर दिन सकिन्छ।
सबै काममा पुरानो ढर्राबाट नयाँमा फडको मार्नसुरुमा गा-है हुन्छ। भरियालाई सुरुमा नाम्लो मिलाइदिनुपर्दछ। धकेल्नु पनि पर्छ। तरहिड्न थालेपछि धकेलि रहनुपर्दैन। कम्प्युटर प्रविधि पनि त्यस्तै हो। फेरि मैलेल्यापटप लिने सबै साथीहरु सबैजनाले केहि न केहि सिक्न चाहनु भएको भेटेकोछु। तरत्यहाँ कम्पयूटरको प्रयोगबाट हुने फाइदाको अग्ञानता, सिक्ने र सिकाउनेको तत्परताकोकमि, शिक्षा कार्यालयको त्यसको प्रयोगलाई अनिवार्य गराउने कुरामा अलमल र सिक्दा तलपरिन्छ भन्ने हाम्रो रुग्ण मानसिकताले वाधा गरेकोछ। त्यसकारण ल्यापटप वितरणबाटस्रोतको दुरुपयोग भयो भन्नु वा निरास हुनु वा बनाउनु भन्दा अब तीब्र सदुपयोग गर्नसबै मिलेर लागौँ। यो भन्दा अघि जे हुनुथियो, त्यहि भएको हो। हार्डवेयर सप्लाईबाटमात्र सबै कार्य किन हुन्थ्यो र ? जति राम्रो सडक, कार र मालिक भए पनि त्यो किन आफैँहुइकिन्थ्यो र ? कम्तिमा कारवालाले त्यो कार चलाउन चाहनुप-यो, सिक्न र जान्नुप-यो,कतै यात्रा गर्ने चाहना वा आवश्यकता हुनुप-यो, तेल मोबिल ग्रिज सहितको सर्विसिङगरेको कार र सडक क्लियर त हुनुप-यो नि। ती ल्यापटपहरुको प्रयोग पनि त्यस्तै भएकोहो ।
(शर्मा सत्यवती उ मा वि आदमटार,धादिङका प्राचार्य एबम नेपाल शिक्षक युनीयन केन्द्रिय समितीका माहासचिव हुनुहुन्छ । )