नमूना साइकल मिस्त्री गीता
975 पटक पढिएको
धादिङ । वरिपरि विग्रिएका थोत्रा साइकलहरु । रातो रङ्गको जस्ताको पातो ठोकेको एउटा ढोका । भित्तामा टायर र रिङहरु । भित्रपट्टी भित्ताको ठाउँ ठाउँमा किला ठोकेर औजारहरु थन्क्याइएको छ । यो गीता वि.क.को साइकल पसल हो ।
गाडी मर्मत गर्ने होस् या मोटर साइकल मर्मत । अधिकांश ठाउँमा मधेसी मुलका मिस्त्रिहरु भेटिन्छन् । पुरुषहरु नै भेटिन्छ । तर, सदरमुकाम धादिङबेसी स्थित शान्तबजारको एउटा साइकल बनाउँने ठाउँमा एकजना अधवैसे महिला भेटिन्छ । उनी धादिङको मुरलीभञ्ज्याङ–३ निवासी गीता वि.क. हुन् । विगत ५ वर्ष अघिदेखि उनले विग्रिएको साइकल मर्मत गरेर जिविको चलाउँदै आएकी छन् ।
सात वर्ष पहिले श्रीमानले सुरु गरेको व्यवसायलाई गीताले पनि निरन्तरता दिएकी हुन् । भन्छिन्, ‘पाँच वर्ष भयो साइकल मर्मत गर्ने पसल खोलेको । काम गरिखान सक्ने भएकी छु । अरुले जे सोचेपनि मलाई यसैमा गर्व लाग्छ ।’ विहानदेखि बेलुकासम्म पसलमा बसेर साइकल मर्मत गर्ने गीताले आफ्नो मात्र गुजारा चलाएकी छैनन् एक छोरा र एक छोरीलाई पनि पढाएकी छन् । मासिक २५ सय पसल कोठाको भाडा तिर्नु पर्छ । दैनिक चार सय देखि १२ सयसम्म कमाइ हुने उनी बताउँछिन् ।
महिलाहरु काम गर्न सक्दैन भन्छन् । फलामको काम गर्नुपरेपनि मलाई गाह््रो लाग्दैन । बरु काम जान्दिन, सिलाई बुनाइ सिक्न पाए हुन्थ्यो, भनेर हिड्ने महिलाहरु देख्दा दुःख लाग्छ । उनी भन्छिन्, ‘सीप सिके पेशा गरेर खान सकिने रहेछ (कमान्डर पोस्ट दैनिकबाट )