बढ्यो आज सुनको मूल्य

278 पटक पढिएको

२९ श्रावण २०८०, सोमबार ११:५८ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको मूल्य सूची तय गर्दै सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ७५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ कायम थियो ।

सुनको मूल्य बढे पनि आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासङ्घले आज चाँदीको कारोबार प्रतितोला १३ सय ७५ रुपैयाँमा भइरहेको जनाएको छ । जुन, हिजो आइतबारकै कारोबार मूल्य हो ।