नेप्से परिसूचक आज ३ अङ्कले घट्यो

370 पटक पढिएको

२९ श्रावण २०८०, सोमबार १६:०३ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार न्यून अङ्कले घटेको छ। आजको कारोबारमा नेप्से परिसूचक ३ दशमलव ६१ अङ्कले घटेर २ हजार ७७ दशमलव २४ अङ्क कायम भएको छ।

आज विभिन्न कम्पनीका ५४ लाख १७ हजार ९२८ कित्ता शेयर २ अर्ब ९ करोड १३ लाख ९० हजार ६३८ रुपैयाँमा कारोबार भएका छन्।

यो दिनको कारोबारमा बैंक, विकास बैंक, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ, माइक्रोफाइनान्स र म्यूचुअल फण्डको उपसमूहमा हरियाली देखिएको छ भने फाइनान्स, होटल तथा टुरिजम, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, नन् लाइफ इन्स्योरेन्स, ट्रेडिङ अन्य उपसमूहमा भने रातो देखिएको छ।

आज ६८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ वटा कम्पनीको शेयर मूल्य घटेको छ। साथै ११ वटा कम्पनीको शेयर मूल्य स्थिर छ