सुनको मूल्य स्थिर हुँदा आज चाँदीको बढ्यो

333 पटक पढिएको

३० श्रावण २०८०, मंगलवार ११:५५ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलाको एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुन सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।