सुनको भाउ आज घट्यो

314 पटक पढिएको

३ भाद्र २०८०, आईतवार १२:१४ सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – हप्ताको पहिलो दिन आज सुनको भाउ एक सय रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख १० हजार ३ सय रुपैयाँ छ ।

अस्ति शुक्रवार तोलाको एक लाख १० हजार चार सय रुपैयाँ थियो ।

चाँदीको भाउ भने आज स्थिर छ । चाँदीकाे भाउ अस्तिको जस्तै तोलाको एक हजार तीन सय ९० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।