सुन आज तोलामा एक लाख १० हजार ३ सयमा करोबार हुँदै
313 पटक पढिएको
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ । यही भदौ १ गतेदेखि छापावाल सुन प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँमा करोबार हुँदै आएको छ ।
चाँदी पनि भदौ १ यता प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।







