शेयर बजारमा आज दोहोरो अंकको सुधार
276 पटक पढिएको
काठमाडौं । पछिल्ला दिन निरन्तरजसो ओरालो लाग्दै आएको शेयर बजारमा आज दोहोरो अंकको सुधार आयो ।
उतारचढावबीच बजार परिसूचक नेप्से १७ अंकले उकालो लागेर २ हजार १५ पुगेर थामियो । कारोबार भने डेढ अर्ब तलै खुम्चियो ।
सबै समूहमा हरियाली छाउँदा वित्त समूहमा सबैभन्दा उच्च २ प्रतिशतमाथिको वृृद्धि आयो । जलविद्युत, उत्पादनमूलक र अन्य समूह डेढ प्रतिशत हाराहारीमा उकालो लागे । विकास बैंक, होटल तथा पर्यटन र निर्जीबन बीमा समूह पनि १ प्रतिशत हाराहारीमा उकालो लागे ।







