सुन आज कतिमा हुँदैछ कारोबार ?

238 पटक पढिएको

१० भाद्र २०८०, आईतवार ११:४२ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार निरन्तर तीन कारोबार दिनदेखि सुन एउटै मूल्यमा कारोबार भइरहेको छ ।

आज छापावाल सुन तोलामा एक लाख ११ हजार १०० रुपैयाँमा काराबार भइरहेको छ । महासंघका अनुसार तेजाबी सुन तोलामा एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।