६ सयले बढ्यो सुनचाँदीको भाउ

291 पटक पढिएको

१२ भाद्र २०८०, मंगलवार १२:१० सम्पादक: धादिङ न्यूज

काठमाण्डाै । सुनचाँदीको भाउ आज बढेको छ ।

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ११ हजार ७ सय रुपैयाँ पुगेको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख ११ हजार १ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय ६५ रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।