घट्यो आज सुनचाँदीको भाउ

211 पटक पढिएको

२१ भाद्र २०८०, बिहीबार १४:०५ सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – सुनचाँदीको भाउ आज घटेको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार रुपैयाँमा झरेको छ ।

यस्तै, आज चाँदी तोलामा एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।