नेप्से परिसूचक आज पनि घट्यो

266 पटक पढिएको

२६ भाद्र २०८०, मंगलवार १६:५२ सम्पादक: धादिङ न्यूज

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से १९.४२ अंकले घटेर १९६७.५७ विन्दुमा झरेको छ । सोमबार नेप्से ४१ अंकले बढेको थियो ।

आज २७६ धितोपत्रका ३९ लाख १६ हजार १६१ कित्ता सेयर एक अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.६५ अंकले घटेर ३७९.१४ को विन्दुमा झरेको छ ।

१३ उपसमूहमध्ये म्युचुअल फन्डको मात्र समूहगत सूचक बढेको छ । १२ उपसमूहको समूहगत सूचक घटेको छ ।